गर्भवतीको हेलीकोप्टरबाट उद्धार « Khabarhub

गर्भवतीको हेलीकोप्टरबाट उद्धार


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा सुत्केरी व्याथा लागेको अवस्थामा अधिक रक्तस्रावको समस्याबाट सिकिस्त बनेकी महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी २९ वर्षीया मोनिका राईलाई शनिबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

दुई दिनदेखि रक्तस्राव भएकी महिलालाई इमरजेन्सी वार्डमा भर्ना गरे लगत्तै अन्यत्र रेफर गरिएको हो । उनलाई काठमाडौँ पठाइएको जिल्ला अस्पतालकी डा नितु लामाले बताइन् ।

सामान्यतः ४० हप्तामा सुत्केरी व्याथा लाग्नुपर्नेमा राईलाई ३३ हप्ता ५ दिनमै सुत्केरी व्याथा लागेको पाइएको जिल्ला अस्पतालले जनाएको छ । भिडियो एक्स–रे गरेर हेर्दा बच्चाको सालसमेत तल रहेको पाइएको डा लामाले बताइन् ।

तेस्रो बच्चा जन्माउने क्रममा अधिक रक्तस्रावका कारण उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेको हो । अवस्था गम्भीर भएपछि स्वास्थ्य कार्यालयले पठाएको पत्र अनुसार निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले हेलिकोप्टरको व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई सिंहदरबारलाई पत्र पठाएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : ०१ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित