तीन महिनादेखि पाठ्यपुस्तक बिना पढ्दै विद्यार्थी « Khabarhub

तीन महिनादेखि पाठ्यपुस्तक बिना पढ्दै विद्यार्थी


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिकाका विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।

शैक्षिकसत्र सुरु भएको सात महिना र दोस्रो लहरको कोरोनापछि विद्यालय खुलेको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पढ्न पाएका छैनन् ।

सो गाउँपालिकाका शिक्षकले पनि यो आर्थिक वर्ष सुरु भएदेखि तलब भत्ता पाएका छैनन् ।

श्री जनता माद्यामिक विद्यालय खुदी बखारी कुपही ६ का कक्षा १० मा अध्ययनरत दीपककुमार साहले भने, ‘दुई वर्ष कोरोनाले पढाइ हुन सकेन ।अब धमाधम पढाइ हुन थालेपछि राम्ररी पढुँला भनेको त, पढाई सुरु भए पनि किताब पाउन सकेको छैन ।’

किताब न भएपछि के पढ्ने भन्ने चिन्तामा छन् उनी । उनले आफूहरू सबै ठाउँको विद्यार्थीभन्दा पछाडि पर्ने चिन्ता व्यक्त गरे । ‘सबै ठाउँको विद्यार्थीले पाठ्यपुस्तक पाउने हाम्रो गाउँपालिकाको विद्यार्थीले नपाउने । हामीमाथि अन्याय भएकोछ’, साहले दुखेसो पोखे ।

सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत अमिषा मण्डलले पीडा पनि साहको जस्तै छ । स्थानीय तहले पाठ्यपुस्तकको लागि बजेट निकासा नगरेका कारण किताब पाउन नसकेको उनको गुनासो छ । उनले गाउँपालिकाले आफूहरूलाई अन्धकारमा धकेलेको बताइन् ।

‘स्थानीय तहले त वास्ता गरेन । तर, शिक्षा जस्तो संवेदनशील क्षेत्रमा प्रदेश र संघीय सरकारले पनि ध्यान दिएन’, उनले भनिन् ।

कक्षा ९ मा अध्ययनरत विनोदकुमार मण्डल राज्यले आधारभूत आवश्यकताबाट नै वञ्चित गरेको बताउँछन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कुपहीका कपिल मुखियाले गाउँपालिकाका कुनै पनि सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नभएको बताए । पाठ्य पुस्तकको समस्याले विद्यार्थी र शिक्षक दुवै मारमा परेका छन् ।

गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले गाउँसभा गराउन नसकेको दुई पटक भएको उनको गुनासो छ । यसको प्रभाव यस गाउँपालिकाको हरेक क्षेत्रमा परेको उनी बताउँछन् । सबै तिरका बालबालिकाले दिवा खाजा खाई रहेको बेला आफ्नो गाउँपालिकाका बालबालिकाले भोकभोकै बस्नु परेकोले तत्काल सम्बन्धित निकायले समस्याको समाधान गर्नुपर्ने उनको माग छ ।

छिन्नमस्ता गाउँपालिका आधारभूत विद्यालय बरहीविरपुरका शिक्षक चुनचुन यादवले यसअघि पनि आन्दोलन गरेपछि तलब भत्ताको लागि मात्र गाउँसभा बसेपछि शिक्षकले ८ महिनाको तलब पाएको बताए । तलब खान पुनः आन्दोलन गर्ने बेला आएको उनी बताउँछन् । दशैँ जस्तो चाँडवाँडमा पनि तलब नपाएपछि आफूहरू मारमा परेको उनी बताउँछन् ।

गाउँ कार्यपालिका कार्यालयका निमित्त प्रशासकीय अधिकृतको अध्यक्षतामा समस्या समाधानका लागि विभिन्न समयमा बैठक बसे पनि कुनै सुनुवाइ नभएपछि २०७८ कात्तिक ११ गते गाउँपालिका मातहतका शिक्षक कर्मचारीको संयुक्तरूपमा बसेको बैठकले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

कात्तिक ११ गतेदेखि १५ गतेसम्म समस्या समाधानका लागि कार्यपालिकालाई समय दिइएको छ । १६ गते छिन्नमस्ता बजारको परिक्रमा गरी पत्रकार सम्मेलन गर्ने, २२ गतेदेखि २७ गतेसम्म कार्यालय समयमा हातमा कालो पट्टी बाँधेर काम गर्ने, २८ गतेदेखि कात्तिक मसान्तसम्म रिले अनसन थाल्ने, मंसिर १ गतेदेखि सबै कामकाज ठप्प गरी गाउँपालिकाको कार्यालय अगाडि धर्ना दिने कार्यक्रम रहेका छन् ।

यस सम्बन्धमा नेपाल शिक्षक महासंघका अध्यक्ष दिनेशप्रसाद यादवले गाउँपालिकाको कमीकमजोरीले विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित हुनु, बालबालिकाले दिवा खाजा खान नपाउनु, शिक्षकले चाड पर्वमा पनि तलब खान नपाउनुभन्दा दुर्भाग्यपूर्ण अरू केही हुन नसक्ने बताए ।

गाउँपालिकामा माद्यामिक तीन, आधारभूत १३ गरी १९ विद्यालयमा पाँच हजार ८६ विद्यार्थी तथा एक सय ४५ शिक्षक कर्मचारी रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : ५० बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको