पढाइ नभएको भन्दै विद्यार्थीले लगायत विद्यालयमा ताला « Khabarhub

पढाइ नभएको भन्दै विद्यार्थीले लगायत विद्यालयमा ताला


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको शितगंगा नगरपालिका ११ ढुङ्गेसेरामा रहेको धर्मोदय माविका विद्यार्थीहरूले पठनपाठन नभएको भन्दै तालाबन्दी गरेका छन् । लामो समय कोरोना महामारीका कारण बन्द रहेको विद्यालयमा खुलेपछि पनि शिक्षकहरूको कमिले पठनपाठन नभएको विद्यार्थीले गुनासो गरेका छन् ।

विद्यालयमा शिक्षक नियुक्तिमा ढिलाइ भएकाले पढाई नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् । धर्मोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीले रिक्त दरबन्दीमा तत्काल शिक्षक पदपूर्तिको माग राख्दै विद्यालय बन्द गराएको स्थानीय बोमबहादुर विकले जानकारी दिए ।

विद्यार्थीले पटक(पटक विद्यालयमा शिक्षकको माग र पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ । शिक्षक नियुक्तिका लागि नगरपालिका हुँदै शिक्षा विकास समन्वय समिति अर्घाखाँचीमा करारमा शिक्षक नियुक्तिका लागि समर्थन गरी विज्ञापन गरी सकेको छ ।

विद्यालय प्रशासनले शिक्षक छनौट परीक्षा सञ्चालनका लागि शितगंगा नगरपालिकाको शिक्षा शाखामा पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको विद्यालयका प्रअ इन्द्रबहादुर रजालीले गुनासो गरे ।

शितगंगा नगरपालिकाले गत असारमा शिक्षकको लागि आवेदन माग गरे पनि अहिलेसम्म परीक्षा नगराएकोले शिक्षकको अपुग भएको प्रअ रजालीले बताए । दुई वटा पद विद्यालयमा रिक्त रहेको भए पनि एउटामा विज्ञापन गरेको अर्को शिक्षक सरुवा गरेर ल्याउने भन्दै विद्यालयले नै रोकेको शितगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र नेपालले बताए । विद्यालयमा तिहारसम्ममा वैकल्पिक माध्यमबाट अध्ययन गराउन भनेको र अब सबैभन्दा पहिला उक्त विद्यालयमा परीक्षा गराउने शिक्षा अधिकृत नेपालले बताए ।

निमावि मात्र सञ्चालन भएको विद्यालयमा केही वर्षअघि स्थानीयहरूको पहलमै मावि सञ्चालन गरे पनि शिक्षकको कमी हुँदा पठनपाठन प्रभावित भएको छ । मावि सञ्चालन भए पनि विद्यालयमा अधिकांश शिक्षकहरू आधारभूत तहका मात्र रहेका छन् ।

यता नगरपालिकाको शिक्षा विभागसमेत हेर्ने सामाजिक विकास शाखा संयोजक पवित्रा थापाले पटक(पटक नगरपालिकामा परीक्षा गराउन दबाब दिए पनि सुनुवाइ नभएको गुनासो गरिन् । नगरपालिका भरिनै उक्त समस्या रहेको थापाले बताइन् । शिक्षा शाखामा कुरा राख्दा नगरपालिकाबाट रोकिएको बताउने नगर प्रमुख, उपप्रमुखले शिक्षा शाखाले नगरेको बताउने गरेको थापाले बताइन् ।

केही महिनाअघि विज्ञापन गरेका करिब १५ विद्यालयमा शिक्षकको परीक्षा नगराउँदा विद्यालयमा शिक्षकको कमी भएको छ । शितगंगा नगरपालिकामा प्रारम्भिक बालविकास केन्द्रसमेत १०७ वटा रहेका छन् । प्रत्येक केन्द्रमा एक जना सहजकर्ता नगरपालिकाले व्यवस्था गरेको छ । जसबाट १३४० जना बालबालिका लाभान्वित भएको नगरले जनाएको छ ।

शितगंगा नगरपालिकामा १०९ सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालय रहेका छन् । विद्यालयमा शिक्षकको कमी हुने गरेको छ प्राथमिक तहमा ३४०, निमावितर्फ ५७, मावितर्फ ४१, उच्च मावितर्फ ४ जना र बालविकासतर्फ १०७, विद्यालय सहयोगी १०८ र विद्यालय सहायक १२ गरी ६७९ जना विद्यालयमा जनशक्ति रहेको छ । शितगंगा नगरपालिकामा ५४७८ छात्रा र ५६९० छात्र हाल अध्ययनरत छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : १७ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट