आज उत्पत्तिका एकादशी, यस्तो छ व्रतकथा « Khabarhub

आज उत्पत्तिका एकादशी, यस्तो छ व्रतकथा


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज उत्पत्तिका एकादशी । मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ ।

पद्मपुराण अनुसार, धर्मराज युधिष्ठिरले एक पटक भगवान् श्रीकृष्णलाई एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राखे । यसैको जवाफमा श्रीकृष्णले भने– सत्य युगमा मुर नामक भयंकर दानवले देवराज इन्द्रलाई पराजित गरेर स्वर्गमाथि आधिपत्य जमायो । तब सबै देवता महादेवको शरणमा पुगे र सम्पूर्ण बेलिबिस्तार सुनाए ।

देवताहरूको पुकार सुनेपछि महादेव देवगणलाई साथै लिई क्षीरसागर पुगे । त्यहाँ शेषनागको शैय्यामा योग–निद्रामा लीन भएका भगवान् विष्णुलाई देखेर देवराज इन्द्रले स्तुति गरी विष्णुलाई जगाए । देवताको अनुरोधमा विष्णुले मुर दैत्य उपर आक्रमण गरे । असंख्य असुरहरुको संहार गरेर नारायण बदरिकाश्राम पुगे ।

त्यहाँ भगवान् बाह्र योजन लामो सिंहावती गुफामा निद्रालीन भए । दैत्य मुर पनि विष्णुलाई मार्ने उद्देश्यले गुफामा पस्यो । मुर प्रवेश गर्नासाथ विष्णुको शरीरबाट दिव्य अस्त्र–शस्त्रले युक्त एक अति रूपवती कन्या उत्पन्न भइन् । ती कन्याले आफ्नो केवल हुंकारले मात्र दानव मुरलाई भस्म बनाइन् । नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित विष्णुले सोध्दा, ती कन्याले आफूले दैत्यको वध गरेको बताइन् ।

कन्याको यस्तो अद्भुत पराक्रमबाट प्रसन्न भई विष्णुले एकादशी नामक ती कन्यालाई मनोवाञ्छित वरदान दिई उनलाई आफ्नो प्रिय तिथि घोषित गरिदिए । विष्णुको अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन् । श्रीकृष्णले भने– हे युधिष्ठिर जो मनुष्यले जीवनपर्यन्त एकादशीको उपवास गर्दछ, त्यो मरणोपरान्त वैकुण्ठ पुग्दछ । एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन । एकादशी–माहात्म्य सुन्नाले मात्र पनि सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ ।

एकादशीमा उपवास गरेर रात्रि–जागरण गर्नाले व्रत लिने व्यक्ति श्री विष्णुको अनुकम्पाको भागीदार हुन पाउँछ । उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ । एकादशीमा अन्न सेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठुलो दोष लाग्छ । एकादशीको व्रत समस्त प्राणीहरूका लागि अनिवार्य मानिएको छ ।

हिन्दु पञ्चाङ्ग अनुसार एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पटक पूर्णिमापछि र औँसी पछि आउँछ । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्या पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीको हिन्दु सनातन सम्प्रदायमा धेरै महत्त्व छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ५९ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको