मेस्सीले जिते कीर्तिमानी बालोन डि ओर | Khabarhub Khabarhub

मेस्सीले जिते कीर्तिमानी बालोन डि ओर


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।

मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर अवार्ड जितेका हुन् । मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।

मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने ।मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौँ स्थानमा रहे । रोनल्डोले यो अवार्ड पाच पटक जितेका छन् ।

महिलातर्फको बालोन डी ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर हात पारे । बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे । इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ३० बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ