विकी र कटरीनाको विवाहमा ओमिक्रोन भेरियन्टको डर « Khabarhub

विकी र कटरीनाको विवाहमा ओमिक्रोन भेरियन्टको डर


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशलको विवाहको खबरले अहिले निकै चर्चा पाएको छ । उनीहरु यही डिसेम्बरमा वैवाहिक जीवनमा बाँधिदैछन् ।

कटरीनाले आफ्नो विवाहलाई शाही शैलीमा बनाउनका लागि कुनै कसर बाँकी राखेकी छैनन् । तर अहिले उनीहरुको विवाहमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको छाया मडारिने देखिएको छ । यहीकारण कटरीनाले ओमिक्रोनको कारण देखाउदै विवाहमा पाहुनाको सूचीलाई छोट्याएकी छन् ।

उनीहरुको विवाहका लागि पाहुनाको सूची लामै भए पनि नयाँ भेरियन्टले त्यो सूचीलाई सानो बनाउन बाध्य बनाएको छ । यो जोडीको विवाहमा बलिउड कलाकार, निर्देशकहरु र फिल्म निर्मातालाई निम्तो पठाइएको छ ।

सोमबार विकी कटरीनाको घर पुगेका थिए । मास्क लगाएर त्यहाँ पुगेका उनी फोनमा निकै व्यस्त थिए । कटरीना र विकीको विवाह राजस्थानको सवाई माधेपुरको सिक्स सेन्स फोर्टमा हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ०१ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्