केरुङद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्‌वारी घोषणा | Khabarhub Khabarhub

केरुङद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्‌वारी घोषणा


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले केन्द्रीय सदस्यमा उम्मेद्‌वारी दिने भएका छन् ।

दुई पटक जिल्ला कार्यसमितिको नेतृत्व गरेका केरुङले पार्टीको १४औं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका हुन् ।

‘दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरेकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रूपमा आफूलाई अगाडि सारेको छु । सबै प्रतिनिधिहरूले माया गर्नु हुन्छ भन्ने विश्वास लिएको छु’, केरुङले भने, ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा अथक प्रयास गरेको छु ।’

निर्वाचन तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघीय राजधानी काठमाडौंसहित महाधिवेशन प्रतिनिधिहरुसँगको भेटघाटका लागि सोमबारबाट अभियान प्रारम्भ गरेको केरुङले जानकारी दिए ।

कांग्रेस पाँचथरको सभापति बनेपछि केरुङ दोश्रो संविधान सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा पाँचथर क्षेत्र नं. क बाट उम्मेद्वार समेत बनेका थिए । जिल्ला कार्यसमितिमा दुई कार्यकाल सहसचिवको जिम्मेवारी निभाएपछि केरुङ काँग्रेसको १२औं महाधिवेशनमा जिल्ला सभापतिमा चुनिएका थिए । त्यसअघि केरुङ ट्रेड युनियन कांग्रेस पाँचथरको तीन कार्यकाल सभापति बनेर काम गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : १० बजे

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर