बारको पाँचौँ चरणको आन्दोलन : सर्वोच्चमा धर्ना जारी « Khabarhub

बारको पाँचौँ चरणको आन्दोलन : सर्वोच्चमा धर्ना जारी


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पाँचौँ चरणको आन्दोलन सुरु गरेको छ ।

सोमबार बसेको बारको कार्यसमिति बैठकले जबराविरुद्धको आन्दोलन यथावत् राख्ने निर्णय गरेसँगै बारले पाँचौँ चरणको आन्दोलन थालेको हो ।

पाँचौँ चरणको आन्दोलनमा धर्ना कार्यक्रमलाई यथावत् राख्ने र मंसिर १५ बाट पेसी व्यवस्थापनमा लागू हुन लागेको गोला प्रणालीलाई यसअघि बारको सहमति अनुसार देशभरका अदालतमा लागू गर्न माग गर्ने निर्णय भएकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

त्यस्तै बारले गोलाप्रथा प्रणालीबाट पेसी व्यवस्थापनका क्रममा प्रधानन्यायाधीशलाई सहभागी नगराउन र सहभागी भएको खण्डमा प्रधानन्यायाधीशसँगको इजलास बहिष्कार गर्न न्यायाधीश र प्रधानन्यायाधीशको इजलासमा बहस नगर्न कानुन व्यावसायीलाई आग्रह गर्ने निर्णय गरेको उनले बताइन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ३० बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,