कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित | Khabarhub Khabarhub

कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै संस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् ।

राठौरले ८८० मत र चौधरीले ६७८ मत पाए । बर्दियामा एक हजार ५७८ मत खसेको थियो । सभापतिसहित सबैमा राठौरकै प्यानल निर्वाचित भएको छ ।

उपसभापतिमा सोदे विष्ट र गोविन्द प्रसाद थारू, सचिव मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे तथा सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

राठौर संस्थापन समूहका हुन् । संस्थापनइतरका चौधरी लुम्बिनी प्रदेशका सांसद हुन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १२ : ११ बजे

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु