खोटाङको सुर्के जहाँ फोरजी इन्टरनेट चल्छ तर फोन चल्दैन | Khabarhub Khabarhub

खोटाङको सुर्के जहाँ फोरजी इन्टरनेट चल्छ तर फोन चल्दैन


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के)मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् ।

आहालेमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए ।

गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी चल्न थाले पनि फोन भने नलाग्ने भएको स्थानीयको दुखेसो छ । विशेषगरी बिहान बेलुका सुर्के आसपास फोन लाग्न छाडेको उनीहरूको भनाइ छ ।

टेलिकमको टावरमा चढ्छन् स्थानीय

वर्ष दिनअघि बनेको नेपाल टेलीकमको टावर वरपर लगाइएको घेरा बारामा चाबी नहुँदा कतिपय स्थानीय टावरमा चढ्ने गरेका छन् ।

विद्युत जडान गरिएपछि टावरमा चढ्ने स्थानीयलाई करेन्ट लाग्ने खतरा जाखिम बढेको छ । घुमफिरमा जाने स्थानीय टावरमा चढेर समिता हेर्ने गरेका छन् ।

कतिपय मानिस मादक पदार्थ सेवन गरेर समेत रमाइलो गर्न टावरमा चढ्ने गरेको स्थानीयले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : २५ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार