नेप्से परिसूचक झिनो अङ्कले ओरालो « Khabarhub

नेप्से परिसूचक झिनो अङ्कले ओरालो


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अङ्कले मात्रै ओरालो लागेको छ ।

लगातार ओरालो लागिरहेको नेप्सेको यात्रा मंगलबार पनि कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.६४ अङ्कले घटेर दुई हजार ६२८.३७ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले बढेर ४९५.६३ मा पुगेको छ ।

नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागे पनि कारोबार रकम रु तीन अर्बमा सीमित भएको छ । कूल २२५ कम्पनीका ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर रु तीन अर्ब आठ करोड ९० लाख ४१ हजार ९९१ मूल्यमा खरिद बिक्री भए ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९५ अर्ब छ करोड ७३ लाख १० हजारको बराबर पुगेको छ ।

नेप्सेका अनुसारका कारोबार भएका कूल १३ उपसमूह मध्ये मंगलबार सात उपसमूहको शेयर ओरालो लाग्दा छ।

उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.५६, व्यापार २२.६२, होटल तथा पर्यटन ४.१९, उत्पादन ५१.६९, लघुवित्त १०.९५, जीवन बीमा ६९.६४ र लगानी ०.४३ अङ्कले ओरालो लागे ।

यस्तै विकास बैंक ४०.८८, जलविद्युत् ११.४, वित्त ८.८९, निर्जीवन बीमा ९६.६, अन्य १४.११ र सामूहिक लगानी कोष ०.०१ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा आइसिएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड दुई लाख ७६ हजार ५५२ बराबरको कारोबार भयो ।

यस्तै महालक्ष्मी विकास बैंक रु १३ करोड ९९ लाख ११ हजार ९४४, हिमालयन डिस्टिलरी रु १० करोड २३ करोड ६४ लाख ९२२, नबिल बैंक रु आठ करोड छ लाख सात हजार ८१४ र नशेनल हाइड्रोपावर रु सात करोड ५९ लाख ५६ हजार ६४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार समालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, तेह्रथुम पावर कम्पनी ७.०८, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.४९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.१० प्रतिशतले कमाए ।

त्यस्तै इन्फिनिटी लघुवित्त ४.७७, लाइफ इन्स्योरेन्स कम्पनी २.८६, मितेरी डेभलपमेन्ट बैंक २.७६, बैंक अफ काठमाडौँ २ं७६ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.७१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : २५ बजे

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका