स्वास्थ्य सुरक्षा गर्दै ल्होसार मनाउन उपराष्ट्रपतिको अनुरोध | Khabarhub Khabarhub

स्वास्थ्य सुरक्षा गर्दै ल्होसार मनाउन उपराष्ट्रपतिको अनुरोध


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार-ल्होसार–२०७८ का अवसरमा आज शुभकामना दिँदै उनले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताएका छन् ।

उपराष्ट्रपतिले विश्वव्यापी महामारी कोभिड–१९ को जोखिम कायम रहेको भन्ने विज्ञको सुझावलाई ध्यान दिँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर पर्व मनाउन अनुरोध पनि गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिको कामना गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ६ : ३८ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु