लमजुङको पकेट क्षेत्रमै मासियो सुन्तला « Khabarhub

लमजुङको पकेट क्षेत्रमै मासियो सुन्तला


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सुन्तला घारीले हराभरा बेँसीशहर नगरपालिका–११ स्याउतगाउँ अहिले उराठ लाग्दो छ । ६ वर्ष अगाडि एक सिजनको सुन्तलाबाट वार्षिक ६ लाखसम्म कमाउने स्याउतका सुरेश पाण्डेलाई अहिले त्यो कहानी जस्तो लाग्न थालेको छ ।

उनको सुन्तलाबारी अहिले बाँझोबारीको रूपमा परिणत भएको छ । उनी मात्र होइन पुरै गाउँलेको व्यथा एउटै छ । १० वर्ष पहिला खुसी र नगद कमाउने बगैँचा अहिले ऋण बोकाएर गएको छ ।

अर्का किसान एवमं शिक्षक गणेश बाबु पन्तको पनि ब्यथा उस्तै छ । २०÷२५ वटा बोटले ४०÷४५ हजार आम्दानी दिएपछि जोसिएर २०५६ सालमा करिब १२ रोपनी जग्गामा ३०० बोट सुन्तला, २० बोट मौसम र १० बोट कागती रोपेर हराभरा बनाएर लाखौँ आम्दानी गर्ने सपना देखेका उनले उल्टै ६ लाख ऋण बोके ।

सुन्तला रोपेका किसान पन्तको जग्गा अहिले धानबारीमा परिणत भएको छ । एक खेपको पनि आम्दानी लिन नपाई सुन्तलाको बोट मरेको उनको भनाइ छ ।

धान, कोदो, मकैजस्ता बाली फल्ने झण्डै ७ रोपनी खेत मासेर सुन्तला खेती गर्दै आएका स्याउतका रजमुर्ती पन्तको उनको बगैंचामा सुन्तलाका बोटहरू मरेर सखाप भएका छन् । उनी मात्र होइन स्याउतकै सुरेशबाबु पाण्डेले भने घर नजिकैको सुन्तला बगान हेर्दा बिरक्त लाग्छ ।

कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार पतेरो, कत्लेकिरा लगायतका किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाईन(उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाईरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिंचाईको व्यवस्था, बिरुवा छनौटमा कृषकले ध्यान नदिँदा सुन्तलाको बगैंचा मासिने क्रम बढेको हो ।

केहि वर्षअगाडि जिल्लामा एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा सुन्तला खेती हुने गरे पनि गत वर्ष ३०२ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिएको थियो यस वर्ष झन् घटेर २२५ हेक्टर क्षेक्रफलमा मात्र सुन्तला खेती हुने गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचिकृत गरेको साविक चितिको स्याउत, तार्कुको गहते, भोर्लेटारको लामासोती, करापुटारको बेतिनी, उदीपुरको धिमिरे, गाउँशहर, भोटेओडार लगायतका क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा मासिँदै गएको हो ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  १२ : १५ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक