लागुऔषध कारोबार गरेकाे आरोपमा ‘लाहुरे’ पक्राउ « Khabarhub

लागुऔषध कारोबार गरेकाे आरोपमा ‘लाहुरे’ पक्राउ


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–र्‍यापर तथा अभिनेता आशिष राना ‘लाहुरे’ लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार उनलाई बुधबार नियन्त्रणमा लिइएको हो ।

तिवारीले उनीसँगै ४ जनालाई नियन्त्रणमा लिइएको बताए । उनीहरुलाई लागुऔषध सम्बन्धी मुद्धामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

‘लाहुरे’ हिमालय रोडिजका निर्णायक हुन् । उनको ‘केस नम्बर ४०२’, ‘नेपहपको बाटो’, ‘मेरा सोल्टा’लगायतका गीत चर्चित छन् । उनले केही नेपाली फिल्ममा अभिनय पनि गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  १२ : ५६ बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर