पारस भन्छन्–हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन् « Khabarhub

पारस भन्छन्–हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।

जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घटनाहरुको साक्षी बनेको बताउँदै पारसले आफ्नो फेसबुक पोस्टमा आफू वयस्क भएको र धेरै कुरा सिकेको बताएका छन् ।

बिहीबार ५०औं जन्म दिन मनाएका पारसले जीवन जिउने क्रममा आफूले आफ्ना सहकर्मीबारे जान्ने अवसर पाएको र प्रत्यक्ष रुपमा सांस्कृतिक विविधतावारे अनुभव गरेको उल्लेख गरेका छन् ।

जटिल परिस्थितिको समयमा पनि आफूले पाएको निस्वार्थ प्रेम सच्चा नेपाली भावना भएको उनले बताएका छन् ।

परिवार र शुभचिन्तकहरुको निरन्तरको सहयोगका कारण अरुको उत्थान गर्न सजिलो भएको र त्यसले आगामी पुस्ताका लागि अझै स्थिर र समतामूलक नेपाल बनाउन सहयोग गर्ने पारसले बताएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  २ : ३५ बजे

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको