उदयपुरका बालबालिकालाई विद्यालयमै मोडर्ना खोप दिन सुरू « Khabarhub

उदयपुरका बालबालिकालाई विद्यालयमै मोडर्ना खोप दिन सुरू


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर–जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिन थालेको छ । उनीहरूलाई बिद्यालयमै पुगेर खोप दिन थालिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालिबालिकालाई लक्षित गर्दै कोरानाविरद्धको खोप दिन थालिएको हो ।

अमेरिकन कम्पनीले उत्पादन गरेको मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताए । उनका अनुसार उदयपुरमा ४३ हजार ६ सय डोज मोडर्ना खोप आएको छ ।

उदयपुरका चार नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा खोप लगाउन बाँकी जनसंख्याको आधारमा वितरण गरेको निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ३ : १५ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच