माओवादी स्थायी समिति बैठकमा फरकमतबारे छलफल « Khabarhub

माओवादी स्थायी समिति बैठकमा फरकमतबारे छलफल


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ ।

जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो ।

बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो ।

‘समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ’ एक स्थायी समिति सदस्यले भने । उनका अनुसार राम कार्की र लेखनाथ न्यौपानेले पेश गरेको फरकमतबारे पनि बैठकमा छलफल भएको छ । समूहगत छलफल बिहीबार सकिएको छ र भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ ।

नेता वर्षमान पुन नेतृत्वको केन्द्रीय सदस्यमा समूहगत प्रतिनिधित्व गराउने बारे अध्ययन गर्न गठित समूहको सुझावबारे भोलि छलफल हुने उनले बताए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ७ : ४० बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा