आज श्रीकृष्ण जन्माष्टमी : यी हुन् मन्त्र र पूजा गर्ने विधि « Khabarhub

आज श्रीकृष्ण जन्माष्टमी : यी हुन् मन्त्र र पूजा गर्ने विधि


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको मुख्य पर्व मध्ये एक मानिन्छ ।

यस दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको दिन रोहिणी नक्षत्रमा जन्मनु भएका श्रीकृष्णको जन्मोत्सव नेपाल बाहेक हिन्दु धर्मालम्बि भएका देशहरुमा प्रमुखताका साथ मनाउने गरीन्छ ।

भाद्र कृष्ण पक्ष अष्टमी तिथिको राती १२ बजे श्रीकृष्णको जन्म भएको थियो । जसका कारण श्रीकृष्ण जन्मअष्टमिको व्रत बिहानबाटै प्रारम्भ गर्नुपर्ने हुन्छ । ब्रत प्रारम्भ गरेदेखि दिनभर भगवान हरिको मन्त्रोउच्चारणका साथ पूजा गरी पारण गर्नुपर्दछ । मध्य रातमा श्रीकृष्णको जन्म भएको हुदा“ सो बेलामा पुजा गरी बिहान ब्रह्म मुहूर्तमा नुहाएर यो मन्त्र उच्चारण गर्नुपर्दछ ।

ऊं यज्ञाय योगपतये योगेश्रराय योग सम्भावय गोविंदाय नमो नमः

यसपछि श्रीहरिको यस मन्त्र उच्चारणका साथ पूजा गर्नुपर्दछ ।
ऊं यज्ञाय यज्ञेराय यज्ञपतये यज्ञ सम्भवाय गोविंददाय नमों नम :

त्यसपछि श्रीकृष्ण मुर्तिलाई पाल्किमा विराजमान गरी यस मन्त्रको उच्चारण गरी भगवानलाई निदाउन प्रेरीत गर्नुपर्दछ ।
विश्राय विश्रेक्षाय विश्रपले विश्र सम्भावाय गोविंदाय नमों नमः

यसरी श्रीहरिलाई शयन गराएर पूजाको मन्डप तयार गरी श्रीकृष्णका साथमा रोहिणी र चन्द्रमाको समेत पूजा गर्नुपर्दछ । त्यसपछि शंखको माध्यममले चन्दन युक्त जललाई यो मन्त्र उच्चारण गर्दै अर्पण गर्नुपर्दछ ।

श्री रोदार्णवसम्भुत अनिनेत्रसमुद्धव । ग्रहाणार्ध्य शशाककेश रोहिणा सहिते मम् ।

यसरी पुजा विधि सकेपछि भगवान श्रीकृष्णको आरती गर्नुपर्दछ । आरति पछि भगवानको नाममा जयगान गाउदै प्रसाद ग्रहण गर्नुपर्दछ । त्यसपछि पुजा विधि सकिने भएकाले ब्रतलाई खोल्न सकिन्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ४५ बजे

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली

जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन