साविक विजेता रियल पराजित « Khabarhub

साविक विजेता रियल पराजित


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार टार्न सकेन ।

खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको रियल दबाबमा परेको थियो ।

खेलको १३औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए ।

३२औँ मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७८औँ मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २-१ को जित दिलाए ।

त्यसअघि खेलको ६४औँ मिनेटमा रोजर्सले पेनाल्टीमा गोल गर्न सकेनन् ।

हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दूरी कम गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको रियलले २० खेलमा ४० अंक जोडेको छ ।

पछिल्लो जितपछि लेभान्टे २६ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : १० बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको