सविनले गरेका थिए ‘ओभरडोज’ बनाउने घोषणा, वर्षा भन्छिन् – ऊ कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो « Khabarhub

सविनले गरेका थिए ‘ओभरडोज’ बनाउने घोषणा, वर्षा भन्छिन् – ऊ कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी यतिबेला चर्चामा छिन् । केही समयदेखि प्रेममा रहेका उनका प्रेमी सबिनजंग थापाले वर्षाले धोका दिएको भन्दै सामाजिक सञ्जालमा छताछुल्ल पारेपछि उनको चर्चा चलेको हो ।

अमेरिकाको टेक्सासमा बस्दै आएका सविनजंगले केही हप्ताअघि एक फिल्म निर्माणको घोषणासमेत गरेका थिए । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू पहिलो प्रोजेक्टस्वरुप फिल्म ‘ओभरडोज’ मा जोडिएको बताएका थिए । साथै उनले यो फिल्मलाई लिएर आफू उत्साहित भएको पनि लेखेका थिए ।

सविनले सामाजिक सञ्जालमार्फत वर्षाले आफूलाई धोका दिएको भन्दै आफूलाई अप्ठेरो परेका बेला वर्षाले साथ नदिएको भन्दै लामो नोट लेखेका छन् ।

 

View this post on Instagram

 

A post shared by Sabin Jung Thapa (@sabinjung7)

सविनले आफूले १७ महिनादेखि वर्षालाई प्रेम गरेको तर उनले धोका दिएको लेखेका छन् । उनले वर्षाले धोका दिएपछि आफू डराउन थालेको पनि बताएका छन् ।

‘ठीकै छ, मैले जतिबेला संघर्ष गरिरहेको थिएँ, त्यही बेला छोड्यौ, म मेरो सपनाहरु पूरा गर्नेछु, तिमीलाई पनि गुड लक,’ उनले लेखेका छन् ।

यता वर्षा शिवाकोटीले भने सविनले मिडियामा छाउन आफूमाथि आरोप लगाएको बताएकी छिन् । खबरहबसँगको कुराकानीमा वर्षाले भनिन् – यसबारेमा मलाई केही बोल्नुपर्छ जस्तो लाग्दैन, ऊ मान्छे कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो, उसले मिडिया एटेन्सन पाउन त्यसो गरिरहेको छ ।

वर्षा र सविन केही वर्षदेखि प्रेमसम्बन्धमा थिए । यी दुईले एकअर्कालाई समय दिएका थिए । सविनलाई भेट्न वर्षा अमेरिका पनि पुगेकी थिइन् । यी दुईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमका बारेमा खुलासा गरेका थिए । वर्षाका अनुसार यी दुईबीच केही महिनायता कुरा भएको थिएन ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : ०० बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई