सविनले गरेका थिए ‘ओभरडोज’ बनाउने घोषणा, वर्षा भन्छिन् – ऊ कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो | Khabarhub Khabarhub

सविनले गरेका थिए ‘ओभरडोज’ बनाउने घोषणा, वर्षा भन्छिन् – ऊ कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी यतिबेला चर्चामा छिन् । केही समयदेखि प्रेममा रहेका उनका प्रेमी सबिनजंग थापाले वर्षाले धोका दिएको भन्दै सामाजिक सञ्जालमा छताछुल्ल पारेपछि उनको चर्चा चलेको हो ।

अमेरिकाको टेक्सासमा बस्दै आएका सविनजंगले केही हप्ताअघि एक फिल्म निर्माणको घोषणासमेत गरेका थिए । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू पहिलो प्रोजेक्टस्वरुप फिल्म ‘ओभरडोज’ मा जोडिएको बताएका थिए । साथै उनले यो फिल्मलाई लिएर आफू उत्साहित भएको पनि लेखेका थिए ।

सविनले सामाजिक सञ्जालमार्फत वर्षाले आफूलाई धोका दिएको भन्दै आफूलाई अप्ठेरो परेका बेला वर्षाले साथ नदिएको भन्दै लामो नोट लेखेका छन् ।

 

View this post on Instagram

 

A post shared by Sabin Jung Thapa (@sabinjung7)

सविनले आफूले १७ महिनादेखि वर्षालाई प्रेम गरेको तर उनले धोका दिएको लेखेका छन् । उनले वर्षाले धोका दिएपछि आफू डराउन थालेको पनि बताएका छन् ।

‘ठीकै छ, मैले जतिबेला संघर्ष गरिरहेको थिएँ, त्यही बेला छोड्यौ, म मेरो सपनाहरु पूरा गर्नेछु, तिमीलाई पनि गुड लक,’ उनले लेखेका छन् ।

यता वर्षा शिवाकोटीले भने सविनले मिडियामा छाउन आफूमाथि आरोप लगाएको बताएकी छिन् । खबरहबसँगको कुराकानीमा वर्षाले भनिन् – यसबारेमा मलाई केही बोल्नुपर्छ जस्तो लाग्दैन, ऊ मान्छे कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो, उसले मिडिया एटेन्सन पाउन त्यसो गरिरहेको छ ।

वर्षा र सविन केही वर्षदेखि प्रेमसम्बन्धमा थिए । यी दुईले एकअर्कालाई समय दिएका थिए । सविनलाई भेट्न वर्षा अमेरिका पनि पुगेकी थिइन् । यी दुईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमका बारेमा खुलासा गरेका थिए । वर्षाका अनुसार यी दुईबीच केही महिनायता कुरा भएको थिएन ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : ०० बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा