‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले माफी मागे « Khabarhub

‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले माफी मागे


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ओली समूहका नेता तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधनको क्रममा भुलवश ‘श्री ५ को सरकार’ सम्बोधन गरेकोमा माफी मागेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले क्षमा याचना गरेका हुन् ।

‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ,’ उनले लेखेका छन् ।

उनले अगाडि भनेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’

उनले आफू पश्चगमनको पक्षमा हुन नसक्ने जिकिर गर्दै उनले भनेका छन्, ‘मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेर बालुवाटार समूहतर्फ लागेपछि खानेपानी मन्त्री बनेका थापाले निर्वाचित सांसद होइनन् । ओलीले संसद विघटन भएपछि उनी मन्त्री भएका हुन् ।

नेकपा ओली समूहको कार्यक्रममा भाग लिन सुर्खेत पुगेका उनले प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेका थिए । जनयुद्धका नेता समेत रहेका उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनले बोलेको भिडियो भाइरल बनाइएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : ०१ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ