‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले माफी मागे « Khabarhub

‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले माफी मागे


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ओली समूहका नेता तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधनको क्रममा भुलवश ‘श्री ५ को सरकार’ सम्बोधन गरेकोमा माफी मागेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले क्षमा याचना गरेका हुन् ।

‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ,’ उनले लेखेका छन् ।

उनले अगाडि भनेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’

उनले आफू पश्चगमनको पक्षमा हुन नसक्ने जिकिर गर्दै उनले भनेका छन्, ‘मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेर बालुवाटार समूहतर्फ लागेपछि खानेपानी मन्त्री बनेका थापाले निर्वाचित सांसद होइनन् । ओलीले संसद विघटन भएपछि उनी मन्त्री भएका हुन् ।

नेकपा ओली समूहको कार्यक्रममा भाग लिन सुर्खेत पुगेका उनले प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेका थिए । जनयुद्धका नेता समेत रहेका उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनले बोलेको भिडियो भाइरल बनाइएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : ०१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था