प्रचण्ड-नेपाल समूहले भन्यो : ओली अब कम्युनिस्ट रहेनन्, ‘मठाधीश’ बनेर जनता अल्मल्याउँदैछन् (भिडियोसहित) « Khabarhub

प्रचण्ड-नेपाल समूहले भन्यो : ओली अब कम्युनिस्ट रहेनन्, ‘मठाधीश’ बनेर जनता अल्मल्याउँदैछन् (भिडियोसहित)


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली अब कम्युनिस्ट नरही ‘मठाधीश’ बनेर जनता अल्मल्याउने कुचेष्टामा लागेको आरोप लगाएको छ ।

‘उनी हिज चितवनमा पुगेर राममन्दिर बनाउने, केही दिन अघि पशुपतिनाथमा सवा लाख बत्ती बालेर कम्युनिस्ट आन्दोलन अघि बढाउन नभइ पूजापाठमा लागेका छन, धर्मका कुरा गरेर जनता अल्मल्याउने कुचेष्टा गरिरहेका छन् ,’ माइतीघर धर्नामा सहभागी दाहाल-नेपाल समूहका नेताहरुले भने ।

प्रतिनिधिसभा विघटनविरुद्धको धर्नामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पनि सहभागी भएका थिए ।

हेरौँ भिडियो

प्रतिनिधिसभा विघटनको विरोधमा पार्टीका संघीय र प्रदेश सांसदहरुले आइतबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी थिए ।

हेरौँ भिडियो

दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  २ : ०५ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि