प्रचण्ड-नेपाल समूहले भन्यो : ओली अब कम्युनिस्ट रहेनन्, ‘मठाधीश’ बनेर जनता अल्मल्याउँदैछन् (भिडियोसहित) « Khabarhub

प्रचण्ड-नेपाल समूहले भन्यो : ओली अब कम्युनिस्ट रहेनन्, ‘मठाधीश’ बनेर जनता अल्मल्याउँदैछन् (भिडियोसहित)


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली अब कम्युनिस्ट नरही ‘मठाधीश’ बनेर जनता अल्मल्याउने कुचेष्टामा लागेको आरोप लगाएको छ ।

‘उनी हिज चितवनमा पुगेर राममन्दिर बनाउने, केही दिन अघि पशुपतिनाथमा सवा लाख बत्ती बालेर कम्युनिस्ट आन्दोलन अघि बढाउन नभइ पूजापाठमा लागेका छन, धर्मका कुरा गरेर जनता अल्मल्याउने कुचेष्टा गरिरहेका छन् ,’ माइतीघर धर्नामा सहभागी दाहाल-नेपाल समूहका नेताहरुले भने ।

प्रतिनिधिसभा विघटनविरुद्धको धर्नामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पनि सहभागी भएका थिए ।

हेरौँ भिडियो

प्रतिनिधिसभा विघटनको विरोधमा पार्टीका संघीय र प्रदेश सांसदहरुले आइतबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी थिए ।

हेरौँ भिडियो

दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  २ : ०५ बजे

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर