बाघको छाला र भालुको पित्तसहित पक्राउ « Khabarhub

बाघको छाला र भालुको पित्तसहित पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– बाघको छालासहित एक युवक डडेल्धुरामा पक्राउ परेका छन् ।

पकाउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका–१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी रहेको प्रहरीले जनाएको छ । उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–६ तोलीस्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी डडेल्धुराको संयुक्त टोलीले जाँच गर्दा निजको साथबाट भालुको पित्त, ठूलो बाघको छाला एक थान, सानो बाघ छाला अर्को थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय डडेल्धुरामा बुझाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : ५२ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक