जनकपुरमा ६ मोटरसाइकलसहित चोरीमा संलग्न पाँच जना पक्राउ « Khabarhub

जनकपुरमा ६ मोटरसाइकलसहित चोरीमा संलग्न पाँच जना पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार  ६ वटा मोटरसाइकलसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका वडा ३ रजोखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा २ राजपुरका प्रमोद कुमार यादव, मनोज कुमार यादव, धनुषाको सबैला नगरपालिका वडा ४ पटेर्वाका अमरेन्द्र कुमार यादव र चोरीको मोटरसाइकल खरिद गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादव रहेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले पक्राउ पर्ने सबै २५ वर्ष मुनिका युवाहरु रहेको जानकारी दिए ।

पक्राउ परेका गिरोहको साथबाट प्रहरीले ज. ८ प. ८७७५ नम्बर प्लेटको अपाचे, ज. १२ प. ६११८ नम्बर प्लेटको दुई सय बीस सीसी पल्सर, स.७ प. ५२०३ नम्बर प्लेटको डिस्कोभर, को. ३८ प. ७६४ नम्बर प्लेटको स्पलेण्डर, स. ४ प. ५७४६ नम्बर प्लेटको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार रोहितको घरबाट पेचकस तीन थान, ब्याट्री एक थान, रिञ्च तीन थान र लेगार्ड एक थानसमेत बरामद भएको छ ।

धनुषाको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेश कुमार राउत र धनुषाको जनकपुरधाम बस्ने अजय साहको मोटरसाइकल चोरी भएपछि अनुसन्धानमा खटिएको प्रहरीले पाँच जनालाइ पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ०५ बजे

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान