जनकपुरमा ६ मोटरसाइकलसहित चोरीमा संलग्न पाँच जना पक्राउ « Khabarhub

जनकपुरमा ६ मोटरसाइकलसहित चोरीमा संलग्न पाँच जना पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार  ६ वटा मोटरसाइकलसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका वडा ३ रजोखोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा २ राजपुरका प्रमोद कुमार यादव, मनोज कुमार यादव, धनुषाको सबैला नगरपालिका वडा ४ पटेर्वाका अमरेन्द्र कुमार यादव र चोरीको मोटरसाइकल खरिद गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादव रहेको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले पक्राउ पर्ने सबै २५ वर्ष मुनिका युवाहरु रहेको जानकारी दिए ।

पक्राउ परेका गिरोहको साथबाट प्रहरीले ज. ८ प. ८७७५ नम्बर प्लेटको अपाचे, ज. १२ प. ६११८ नम्बर प्लेटको दुई सय बीस सीसी पल्सर, स.७ प. ५२०३ नम्बर प्लेटको डिस्कोभर, को. ३८ प. ७६४ नम्बर प्लेटको स्पलेण्डर, स. ४ प. ५७४६ नम्बर प्लेटको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार रोहितको घरबाट पेचकस तीन थान, ब्याट्री एक थान, रिञ्च तीन थान र लेगार्ड एक थानसमेत बरामद भएको छ ।

धनुषाको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेश कुमार राउत र धनुषाको जनकपुरधाम बस्ने अजय साहको मोटरसाइकल चोरी भएपछि अनुसन्धानमा खटिएको प्रहरीले पाँच जनालाइ पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ०५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ