पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. इथोयोपिया

चौथो शताब्दीदेखि नै इथियोपिया देश इसाई राष्ट्र बनेको थियो । बाह्रौँ तेह्रौँ शताब्दीको अन्त्यतिर एघार वटा ठूलाठूला चट्टानमा खोपेर चर्चहरु बनाइएका थिए । ती स्थान आजसम्म पनि तीर्थस्थलका रुपमा प्रख्यात छन् ।

२. गन्ध र वासना

मान्छेको नाकले करिब ३,००० भन्दा बढी प्रकारका गन्ध र वासना छुट्याउन सक्छ ।

३. भिटामिन डी र के

डी र के भिटामिन शरीर आफैँले बनाउन सक्छ भने अरु भिटामिन शरीरले खाद्यान्न स्रोतबाट प्राप्त गर्छ ।

४. वील ब्यारो (WHEEL BARROW)

आजभन्दा १८०० वर्षअघि चिनियाँहरुले गह्रौँ सामान बोक्ने वील ब्यारोको आविष्कार गरेका थिए । वील ब्यारो एक चक्के सामान बोक्ने साधन हो । यसलाई दुई हातले उचालेर ठेलिन्छ ।

५. अल्बाट्रोस

अल्बाट्रोस समुद्री चराको पखेटाको फैलावटलाई सबैभन्दा लामो मानिन्छ । पखेटाको एकछेउदेखि अर्को पखेटाको छेउसम्म नाप्दा ३.६ मि. (१२ फिट) लामो हुन्छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरूपुस्तकबाट

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ४ : ०८ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब