समीक्षक समाजमा दीपेन्द्र लामा | Khabarhub Khabarhub

समीक्षक समाजमा दीपेन्द्र लामा


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन् । काठमाडौंमा हालै सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

विभिन्न सञ्चारमाध्यममा चलचित्र समीक्षा गर्नेहरु सदस्य रहेको फिक्सन नेपाल पत्रकार महासंघमा आवद्ध एसोसियट संस्था पनि हो ।

पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई निर्वाचित गरेको छ ।

केन्द्रिय सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् ।

महासंघका कोषाध्यक्ष राजेश मिश्र तथा निवर्तमान अध्यक्ष यज्ञसले नयाँ कार्यसमितिको सफलताको कामना गरे ।

चलचित्र समीक्षा गर्ने संस्कृतिलाई थप स्थापित र फराकिलो बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य फिक्सनले लिएको नवनिर्वाचित अध्यक्ष लामाले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : ४५ बजे

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र