कोरोना त्रासले पछि हट्यो ‘मनसँग मन’ « Khabarhub

कोरोना त्रासले पछि हट्यो ‘मनसँग मन’


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सौरभ इन्टरटेनमेन्ट र बालाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति सरेको छ ।

कोरोनाको माहोल पुनः बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न आग्रह गरिसकेको छ । सरकारले हलमा लागू गरेको ५० प्रतिशत अकुपेन्सी पनि हटाएको छैन ।

यसैले, चैत्र २७ गतेलाई तोकिएको फिल्मको प्रदर्शन मिति स्थगित गरिएको निर्माणपक्षले जनाएको छ ।

फिल्मको प्रदर्शन मिति पछि सारिएतापनि यसको फस्टलुक भने सार्वजनिक गरिएको छ ।

फिल्मको फस्टलुकमा मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

फिल्ममा बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि अभिनय छ । फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।

फिल्ममा कैलाश राईको निर्देशन, अरुण तामाङको लगानी छ । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य र सन्तोष खवासको द्वन्द्व छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : १५ बजे

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको