फिल्ममा फ्लप, विलासी जीवनमा हिट « Khabarhub

फिल्ममा फ्लप, विलासी जीवनमा हिट


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका अभिनेत्रीहरु विशेषत आफ्नो फिल्म भन्दा पनि महंगो जीवनशैलीका कारण चर्चामा आइरहन्छन् । हालैमात्र दक्षिण भारतीय सुपरस्टार तथा ‘बाहुबली’ अभिनेता प्रभासले ६ करोडको विलासी लेम्बोर्गिनी कार किने ।

यी अभिनेताको लोकप्रियता र सफलताले नै उनले आफ्नो विलासी जीवनलाई अगाडि बढाएका छन् । तर बलिउडका यस्ता केही अभिनेत्रीहरु पनि छन्, जो फिल्म करियर फ्लप भए पनि आफ्नो जीवनशैलीलाई सधैं हिट बनाइरहेका छन् । दैनिक भास्करले यस्तै केही अभिनेत्रीको जीवनशैलीलाई प्रस्तुत गरेको छ ।

वर्षौपछि अभिनयमा पुनरागमन गर्न लागेकी अभिनेत्री सेलिना जेटली धेरै ब्राण्ड इन्डोर्समेन्टको हिस्सा छिन् । यसबाहेक उनले आफ्नो घरलाई भाडामा पनि दिएकी छन् । जसबाट उनको वार्षिक रुपमा लाखौ‌ कमाई हुने गरेको छ ।

‘होगी प्यारकी जीन’, ‘बेताबी’ र ‘पापा कहते है’ जस्ता फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री मयूरी कांगोले केही वर्षमै अभिनयबाट सन्यास लिइन् । बलिउडबाट बिदा भएपछि उनले एमबीएको डिग्री हासिल गरिन् ।

हाल यी अभिनेत्री गुरुग्रामको एक ठूलो कम्पनीको चीफ कन्वर्जन अफिसर छिन् । जो महंगो जीवनशैलीमा आफूलाई मेन्टेन गरिरहेकी छन् ।

‘द कन इज अन’, ‘कमबख्त इश्क’ र ‘टिम’ जस्तो फ्लप फिल्मको हिस्सा बनेकी अभिनेत्री अमृता अरोडले आफ्नो छोटो फिल्मी करियरमा केही मात्र हिट फिल्म दिएकी छन् । उनको फिल्मी करियर खासै लामो रहेन ।

तर पनि उनी प्रायः आफ्नो महिला समूह र बिलासी पार्टीमा व्यस्त भइन् । उनले व्यापारी सकिल लदाकसँग विवाह गरिन् । उनको विलासी जीवनको कारक पनि पति नै रहेको उनी निकट साथीहरु बताउछन् ।

‘सोचा ना था’, ‘शादी नम्बर १’, ‘डोर’ र ‘वान्टेड’ जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री आयशा टाकियाले धेरै वर्ष अघि नै बलिउड छोडिन् । उनले आफ्नो छोटो समयको बलिउड यात्रामा हिट फिल्म कम दिइन् ।

फ्लप करियरको बाबजुद उनले आफ्नो जीवन भने विलासीपूर्ण तरिकाले बिताइरहेकी छन् । यसको प्रमुख कारण उनको श्रीमान फरहान आजमी हुन् । उनी भारतका एक ठूला होटलवालामा गनिन्छन् । उनी राजनीतिज्ञ अबू आजमीका छोरा हुन् ।

कैयौं वर्षदेखि बलिउडसँग दुरी कायम गरेकी एकताकाकी चर्चित अभिनेत्री मनीषा कोइराला पनि अहिले विलासी जीवन बिताइरहेकी छन् । उनले करिब ५० बढी बलिउड फिल्ममा अभिनय गरेकी छन् । केही वर्षअघि मात्र उनको आम्दानी ८ सय मिलियन थियो । यसबाहेक उनको भारत र नेपालमा धेरै सम्पत्ति छन् ।

फिल्म ‘मोहब्बतें’बाट अभिनयमा डेब्यू गरेकी शमिता सेठ्ठीले आफ्नो करियरमा कैयौं फ्लप फिल्म दिइन् । यी अभिनेत्रीलाई प्रायः देशकै सबैभन्दा महंगो होलिडे डेस्टिनेसनमा बिदा मनाइरहेको देख्न सकिन्छ । यसको प्रमुख कारण उनको बहिनी शिल्पा सेठ्ठी र उनका पति राज कुन्द्रा हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ५५ बजे

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं– लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४००

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा.

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा

पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू) 

दाङ– थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने

गौँथलीको दुई पोस्टर सार्वजनिक

काठमाडौं – डा. कपिल रिलाज निर्देशित फिल्म ‘गौँथली’को दुई पोस्टर