‘उनीहरूले मलाई क्रुर र खतरनाक भन्थे । वास्तवमा म साँचो बोल्ने भएका कारण धेरैले मलाई क्रुर र खतरनाक ठाने ।’
यो भनाइ चिकित्सक, लेखिका तथा महिला अधिकारकर्मी नबल अल सादवीको हो । यिनै सादवीले ८९ वर्षको उमेरमा हालै देह त्याग गरिन् । इजिप्टकी यी पायनियर चिकित्सकले आफ्ना अनुभव र अनुभूतिहरूलाई उपन्यास, निबन्ध र अटो बायोग्राफीमार्फत प्रस्तुत गरिरहिन् । साँच्चै ! उनको बोली नै धेरैलाई खतरनाक लाग्थ्यो ।
संसारमा यस्ता धेरै वीरङ्गनाको जन्म भएको छ, जसका कारण थुप्रै क्रान्ति भए । उनीहरूले मानसिक र शारीरिक यातना भोगेर सङ्घर्ष गरिरहे । उनीहरूकै सङ्घर्षका कारण समाजका धेरै विसङ्गतिको अन्त्य भयो । तिनै मध्यकी एक थिइन् सादवी ।
धेरैलाई खतरा लागेकै कारण सादवीलाई जेल सजायको र ज्यानको धम्की आइरहन्थ्यो । सन् १९३१ मा कायरोको एउटा गाउँभन्दा धेरै पर बाबुआमाका नौ जनामध्ये दोस्रो सन्तानको रूपमा सादवी जन्मिएकी थिइन् । उनका बाबु सामान्य परिवारका थिए भने आमा खानदानी थिइन् । सादवी तेह्र उमेरमा उपन्यास लेखेर साहित्यिक क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
उनले १५ वर्षकै उमेरमा महिला र पुरुषका बीच भेदभावको महसुस गरिन् । ‘फिमेल जेनेसियल म्युटिलेसन (एफजीएम)’ को विरुद्धमा रहेकी सादवीले अन्ततः इजिप्टबाट यो प्रथा हटाएरै छाडिन् । उनले छ वर्षकै उमेरमा यो समस्या भागेकी थिइन् । सन् २००८ मा इजिप्टमा सदाका लागि एफजीएम प्रतिबन्धित गरियो ।
सन् १९५५ मा कायरो विश्वविद्यालयबाट पढाइ पूरा गरेपछि सादवीले प्राक्टिस शुरू गरिन् । उनी इजिप्टमा ख्यातिप्राप्त मनोचिकित्सक थिइन् । इजिप्ट सरकारले ‘सामुदायिक स्वास्थ्य’ का लागि उनलाई निर्देशक तोकेको थियो । ‘महिला तथा यौन’ नाममा उनको पुस्तक प्रकाशन भएपछि सरकारले ‘सामुदायिक स्वास्थ्य’ संस्था नै विघटन गरिदियो । उनले चलाएको म्यागेजिन ‘हेल्थ’ पनि सन् २०७३ मा सरकारले बन्द गरिदियो ।
सादवीले सन् १९७५ मा ‘उमन एन्ड प्वाइन्ट जिरो’ उपन्यास लेखेकी थिइन् । सन् १९७७ मा उनको अर्को उपन्यास ‘हिडन फेस अफ इभ’ प्रकाशित भयो । यस उपन्यासमा विभिन्न बहानामा यौन दुराचार गर्ने तथा महिलालाई वेश्यावृत्तिमा लाग्न बाध्य पार्ने ग्रामीण भेगमा सक्रिय एक चिकित्सकको कथा छ ।
सन् १९८१ को सेप्टेम्बरमा राष्ट्रपति अनवर सदातको आदेशमा सादवी पक्राउ परिन्, उनलाई तीन महिनाको जेल सजाय सुनाइयो । तीन महिनापछि रिहा त भइन् तर उनका सबै पुस्तक माथि सरकारले प्रतिबन्ध लगायो ।
धर्मका नाममा ज्यान लिने धम्की आउन थालेपछि सादवी अमेरिका पुगेकी हुन् । धार्मिक अतिवादको विरुद्ध आवाज उठाउने उनको क्रमको रोकिएन । उनका पुस्तक ४० वटा भाषामा प्रकाशित भए । उनी सन् १९९६ मा इजिप्ट फर्किन् र सन् २००४ मा राष्ट्रपति निर्वाचनमा उम्मेदवार भइन् ।
सन् २०११ मा ताहीर चोकमा राष्ट्रपति होस्नी मुबारकको विरुद्धमा उनकै नेतृत्वमा प्रदर्शन भएको थियो । यस्ती वीरङ्गना सादवीलाई संसारले यसै साता गुमायो ।
इतिहासका कालखण्डमा यस्ता थुप्रै महिलाको जन्मे, जसको सङ्घर्षका कारण समाजमा कतिपय विकृतिको अन्त्य भयो । यिनै मध्यकी एक थिइन् नाङ्गेली । उन्नाइसौँ शताब्दीसम्म भारतका केही स्थानमा दलित महिलाले आफ्नो स्तन छोपेर हिँड्न पाइँदैनथ्यो, खुला छाड्नु पथ्र्यो । छोपेर हिँड्न चाहनेले कर तिर्नु पथ्र्यो ।
पछिल्लो समय महिला विद्रोह महिलाहरूकै मुद्दामा केन्द्रित हुन थालेको छ । इतिहास भने फरक छ । लैङ्गिक समानताका साथै राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा महिला अधिकारकर्मी उत्तिकै सक्रिय रहन्थे । संसारका महत्त्वपूर्ण परिवर्तनहरूमा महिलाहरूको विद्रोही आवाज निर्णायक भएका दृष्टान्तहरू छन् ।
इतिहास अनुसार ट्राभनकोर भन्ने ठाउँमा यो प्रचलन थियो । एक दिन नान्गेलीले स्तन ढाकेर हिँडन् । कर उठाउने व्यक्ति तुरुन्तै उनको घरमा पुगे । नान्गेलीले आफ्नो स्तन काटेर पातमा राखेर दिइन् । रक्तस्रावले नान्गेलीको मृत्यु भयो । उसको अन्तिम संस्कार सकिएपछि उनका पति चिरुकनन्दनले पानीमा हाम फालेर ज्यान फाले । यसलाई पुरुष सतीको रूपमा व्याख्या गरियो ।
यी पात्रभन्दा धेरै परिचित छन् तसलिमा नसरिन जो लेखिका, चिकित्सक तथा महिला अधिकारकर्मी हुन् । धार्मिक अतिवाद विरुद्धको आवाजसहित निबन्ध र उपन्यास प्रकाशनमा आएपछि सन् ९० को दशकमा उनीमाथि संसारको ध्यान केन्द्रित भयो । उनी देश छाडेर पलायन भइन् । उनले एक दशक अमेरिका र युरोपमा बिताइन् । स्विडेनको नागरिकता पनि पाइन् । सन् २००४ देखि उनी भारतको कोलकाता बसिन् । पछि दिल्ली सरिन् । भिसाको म्याद सकिए पनि उनले भारत छोड्न चाहिनन् ।
सन् १९९४ मा बङ्गलादेश छाडेकी तसलिमाको जीवनका १० वर्षको जीवन तरबारको धारमा रह्यो । जर्मनी, स्विडेन, फ्रान्स र अमेरिकामा बसिन् । भारत आएपछि एक पटक हैदरावादमा उनीमाथि शारीरिक आक्रमण भयो । घरमै नजरबन्दमा राखिएकी उनी २२ नोभेम्बर २००७ मा हैदरावाद छाड्न बाध्य भइन् । त्यसपछि दिल्लीमा तीन महिना नजरबन्दमा रहिन् । उनका सामु भारत छाड्न अर्को विकल्प थिएन ।
बङ्गलादेशको पासपोर्ट खारेज भएपछि तसलीमाले स्विडेनको नागरिकता लिइन् । जर्मनीमा शरणार्थी भएर रहिन् । भारतका लागि भिजिट भिसा पाउन उनले ६ वर्ष पर्खनु पर्यो । बाबुआमाको ज्यान जाँदा पनि देश फर्कन पाइनन् । उनले आफ्नो आत्मवृत्तान्त ‘माई बङ्गाली गर्लहुड’ प्रकाशनमा ल्याइन् । सन् २००० मा आफ्नो उपन्यास सोधको प्रचार प्रसारका क्रममा मुम्बई आइपुगेकी उनका धेरै पुस्तक जलाइए । उनलाई जिउँदै आगो लगाउने धम्की आयो ।
सन् २००४ मा भारत सरकारले कोलकातामा अस्थायी बसोबासको अनुमति दिएपछि तसलिमाले थुप्रै पत्रिकामा लेख लेखेका थिइन् । यस बीचमा थुप्रै धार्मिक अतिवादीले उनी माथि आक्रमणको प्रयास गरे । लगातार विवादमा भुमरीमा तसलिमा रही रहिन् । एकपछि अर्को धम्की सहँदै आएकी तसलिमामाथि सन् २००७ मा पनि आक्रमण भएको थियो ।
यो घटनापछि उनलाई दिल्ली र जयपुरमा राख्ने भारत सरकारको नीति बनेको हो । उनी बसेको ठाउँसमेत गोप्य थियो । सन् २००८ को जनवरीमा उनलाई लेखन बापत ‘सीमोन डे बिभोइयर अवार्ड’ दिने निर्णय भएको थियो । उनले भारतमै रहेर आफ्नो सङ्घर्ष जारी राख्ने बताउँदै पेरिस जान अस्वीकार गरिन् ।
फ्रान्सेली राज्य क्रान्तिले थुप्रै अधिकार दिए पनि महिला अधिकारकर्मीले यसमा चित्त बुझाएनन्, विद्रोह गरिरहे । अपुग भएका अधिकार सन् १९४८ मा फ्रान्सेली महिलाले प्राप्त गरे । फ्रान्समा भएको यो परिवर्तनको असर रुसमा पनि परेको थियो ।
यसपछि तसलिमाले धार्मिक विषय छाडेर राजनीतिक विषयमा केन्द्रित रहने बताइन् । उनले आफ्नो आत्मवृत्तान्त प्रकाशन गर्ने योजना त्यत्तिकै रोकिन् । १९ मार्च सन् २००८ मा उनी भारत छाड्न बाध्य भएकी थिइन् । त्यस पछि स्विडेन गइन् । उनले न्युयोर्क विश्वविद्यालयबाट रिसर्च छात्रवृत्ति पनि पाइन् । भारत फर्केपछि उनी त्यहाँ सुरक्षित रहेको जनाइन्छ ।
उनको यो सङ्घर्ष कति लामो समय रहन्छ भन्ने निश्चित नरहला । परन्तु उनका कृति लज्जा, फ्रेन्च लभर, माई बङ्गाली चाइल्डहुड र उत्तल हवाको प्रभाव दीर्घकालीन रूपमा रहनेछ ।
पछिल्लो समय महिला विद्रोह महिलाहरूकै मुद्दामा केन्द्रित हुन थालेको छ । इतिहास भने फरक छ । लैङ्गिक समानताका साथै राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा महिला अधिकारकर्मी उत्तिकै सक्रिय रहन्थे । संसारका महत्त्वपूर्ण परिवर्तनहरूमा महिलाहरूको विद्रोही आवाज निर्णायक भएका दृष्टान्तहरू छन् ।
संसारमा भएको क्रान्तिकारी परिवर्तनमा फ्रान्सेली राज्य क्रान्ति सधैँ सम्झने गरिन्छ । यही क्रान्तिले महिलालाई अधिकार दिने अभियानको शुरू गरेको थियो । फ्रान्समा क्रान्ति हुनुभन्दा धेरै अगाडि सन् १७९३ मा ‘जाक्वीन’ को रूपमा क्रान्तिकारी महिलाले एउटा क्लब गठन गरे । यसको नेतृत्व गर्नेहरू पछि गिरफ्तार भए ।
फ्रान्समा क्रान्ति शुरू भएपछि जाक्वीनको नेतृत्वमा रहेका जियान पाउल मराट लगायत सबै विद्रोहमा सामेल भए ।
महिलालाई नागरिकता दिनबाट समेत बञ्चित गरिने फ्रान्समा पाउलिन लियोनको नेतृत्वमा सशस्त्र विद्रोह भएको थियो । यो क्रम बढ्दै गएर संसदमा समेत महिला उपस्थिति अनिवार्य हुने अवस्था सृजना भयो । धेरै महिलाले हतियार नै उचालेर विद्रोह गरेको समयमा ओलम्पेय डे गजेसले लेखनमार्फत विद्रोहको आवाज अघि बढाएकी थिइन् ।
शक्तिशाली देशले साना देशमाथि गर्ने दमन, साम्राज्य, राज्यले नागरिक माथि गर्ने ज्यादती र विभेदविरुद्ध अनेक विद्रोहहरू भए । तीसबै आन्दोलन र विद्रोहमा महिलाहरू सहभागी भए, सङ्गठन गरे, हतियार उठाएर । लेखेर विद्रोह गरे । लेख्ने क्रम जारी छ ।
सन् १७९१ मा महिलालाई नागरिकता दिने घोषणा भए पनि उनले समान हकको पक्षमा आफ्नो लेखनलाई निरन्तरता दिई रहिन् । उनको पथ पछ्याउँदै म्याडम रोनाल्डले पनि महिला अधिकारको पक्षमा लेख्दै फ्रान्सेली राज्य क्रान्तिलाई साथ दिइन् ।
फ्रान्सेली राज्य क्रान्तिले थुप्रै अधिकार दिए पनि महिला अधिकारकर्मीले यसमा चित्त बुझाएनन्, विद्रोह गरिरहे । अपुग भएका अधिकार सन् १९४८ मा फ्रान्सेली महिलाले प्राप्त गरे । फ्रान्समा भएको यो परिवर्तनको असर रुसमा पनि परेको थियो ।
सन् १९१९ मा रोजा लक्जेम्बर्गले स्पार्टाकस लिगको रूपमा सुरु गरेको विद्रोहको आवाज इतिहासमा अझै सम्झने गरिन्छ । आफ्ना अधिकारका लागि मात्र होइन राष्ट्रियताको लडाइँ पनि महिलाको नेतृत्वमा भएका छन् । सन् १९५० मा प्युरेटिकोलाई अमेरिकाबाट मुक्त गराउन भएको आन्दोलनको नेतृत्व ब्लान्का कानालेसले गरेकी थिइन् ।
सन् १९५८ मा चिनिया सरकारको विरुद्धमा तिब्बती बौद्ध धर्मावलम्बी एनी पाचेनको नेतृत्वमा विद्रोह भएको थियो । उनको विद्रोही समूहमा ६ सय जना थिए । सन् १९८६ र ८७ मा युगान्डामा सरकार विरोधी आन्दोलनको नेतृत्व एलिसियाया अलुमाले गरेकी थिइन् ।
सन् १७८९ मा फ्रान्समा राजा लुइ सोह्रौँका विरुद्ध एक युवा महिलाको नेतृत्वमा भएको प्रदर्शन एक ऐतिहासिक घटनाका रुपमा रहेको छ ।
शक्तिशाली देशले साना देशमाथि गर्ने दमन, साम्राज्य, राज्यले नागरिक माथि गर्ने ज्यादती र विभेदविरुद्ध अनेक विद्रोहहरू भए ।
तीसबै आन्दोलन र विद्रोहमा महिलाहरू सहभागी भए, सङ्गठन गरे, हतियार उठाएर । लेखेर विद्रोह गरे । लेख्ने क्रम जारी छ ।
सशक्त महिला आवाजको प्रतिनिधित्व गर्ने सादवीको निधन सबै महिला अवाजका दुःखको विषय हो । (एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया