डा. भट्टराईले सार्वजनिक गरे हिसिलासँग विवाह गर्दाको त्यो प्रतिज्ञा « Khabarhub

डा. भट्टराईले सार्वजनिक गरे हिसिलासँग विवाह गर्दाको त्यो प्रतिज्ञा


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पत्नी हिसिला यमिसँग विवाह गर्दाको प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

आफ्नो विवाहको ४० वर्ष पूरा भएको सन्दर्भमा डा भट्टराईले सामाजिक सञ्जालमार्फत केही तस्वीरहरुसहित विवाहको खुला प्रतिज्ञा पत्र समेत सार्वजनिक गरेका हुन् ।

पत्रमा उनीहरुबीच विवाह पश्चात आफूहरुमा निहीत् मानवीय शक्तिलाई विवेश तरिकाले प्रयोग गर्ने उल्लेख गरिएको छ ।

‘आफूमा निहीत मानवीय शक्तिलाई विवेक तरिकाले प्रयोग गर्नेछौं र हामीले मानव समाजलाई प्रगतिशील रुपले उच्चतर अवस्थामा विकास गर्न निभाउनुपर्ने भूमिकालई पूर्ण इमान्दारीका साथ पूरा गर्नेछौं ।’

आफ्नो विवाहको सन्दर्भमा बाबुरा भट्टराइ र हिसिला यामिले गरेका खुला प्रतिज्ञा

हाम्रा एक अर्का प्रतिका शारीरिक, मानसिक र आत्मीय लगावलाई सामाजिक मान्यता दिने यस घडीमा (जसलाई साधारण तया विवाहको संज्ञा दिइन्छ) हामी आफ्नो स्वतन्त्र मष्तिष्कले प्रतिज्ञा गर्दछौं कि हामी आफूमा निहीत मानवीय शक्तिलाई विवेक तरिकाले प्रयोग गर्नेछौं र हामीले मानव समाजलाई प्रगतिशील रुपले उच्चतर अवस्थामा विकास गर्न निभाउनुपर्ने भूमिकालई पूर्ण इमान्दारीका साथ पूरा गर्नेछौं।

मानव इतिहासका विभिन्न अवस्थामा सत्ताशीनहरुले मानवीय सम्बन्धमा घुसाएका विभिन्न खाले शोषणका माध्यमहरु जस्तै धर्म, जातिवाद, अन्धविश्वास आदिलाई पूर्णरुपले नकार्छौं र लैगिंक विषमतामुक्त र प्रत्येक सहकर्मीको वैचारिक र कार्यमत स्वतन्त्रतालाई व्यवहारिक मान्यता दिने दाम्पत्य जीवन बिताउन कृत संकल्प छौँ ।

हामी यो विशेष प्रकाकारे मानवीय सम्बन्धमा आफ्नो स्वतन्त्र इच्छा र विवेकले प्रवेश गर्दछौं र जबसम्म यसले हाम्रा आपसी आकांक्ष पूर्ति गर्नेछ र हाम्रो उच्चतर व्यक्तित्वको विकासमा सघाउ पुर्‍याउनेछ तबसम्म यसलाई अविच्छिन्न कायम राख्ने प्रतिज्ञा गर्दछौं ।
यसको साथै हामी आफ्नो आजदेखि पति र पत्नीको सम्बन्ध जोडिएको घोषणा गर्दछौँ

मिति १६ चैत २०३७

 

हाम्रो सहजीवनको ४० बर्ष पूरा ( २०३७-२०७७)!

Posted by Dr. Baburam Bhattarai on Tuesday, 30 March 2021

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : २० बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि