प्रदेश २ का प्रमुख झाले दिए पहिलो महिनाको पारिश्रमिक राष्ट्रिय आविस्कार केन्द्रलाई « Khabarhub

प्रदेश २ का प्रमुख झाले दिए पहिलो महिनाको पारिश्रमिक राष्ट्रिय आविस्कार केन्द्रलाई


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले पहिलो महिनाको तलब महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

अहिराजले बुधवार काठमाडौँस्थित आविस्कार केन्द्रको कार्यालयमा पुगेर उक्त रकम पुनलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणसँगै उनले प्रदेश नम्बर २ लाई केन्द्रमा राखेर आविस्कार केन्द्रलाई अघी बढाउन आग्रह गरे ।

‘प्रदेश नम्बर २ मा पनि आविस्कार केन्द्र स्थापना गर्नूपर्यो’ प्रमुख अहिराजले अनुरोध गर्दै भने, ‘आविस्कार केन्द्को जानकारी र अवलोकनका लागि प्रदेशबाट केन्द्रमा कोही आउनु नपरोस् त्यसका लागि सम्पुर्ण तयारी प्रदेश सरकारले गर्नेछ ।’

त्यस्तै आविस्कार केन्द्र ७ वटै प्रदेशमा पुग्न सक्ने तर त्यसका लागि सम्पुर्ण प्रदेश र स्थानीय सरकारको भूमिका उल्लेख्य रहनुपर्ने पुनले बताए ।

‘त्यसका लागि प्रदेश नम्बर १ मा आविस्काका लागि एमओयू भएको छ, गण्डकी प्रदेशमा पनि कुरा भएको छ तर प्रदेश नम्बर २ मा आज कुरा आइरहेको छ’ उनले भने, ‘यसका लागि स्थानीय सरकार र जनताको अग्रसर हुनुपर्यो र आविस्कार केन्द्र सञ्चालन गर्ने हो भने नीति, नियम, कानुन र बजेट बनाउनुपर्छ ।’

पुनले आगामी पुस्ताका लागि स्वदेशमा रहेर केही नयाँ आविस्कार गर्ने संस्कार बसाल्नका लागि आविस्कार केन्द्र लागि परेको समेत बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ४४ बजे

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको