कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानीका लागि सहकार्य « Khabarhub

कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानीका लागि सहकार्य


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नगदमा आधारित कारोबार/भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ ।

बैंकको नक्साल परिसरमा बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणा, उपाय सिटी कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझी, एफआई सफ्ट इन्टरनेशनलका विश्वास ढकाल, यूके एड अन्तर्गत सीपका नेपाल प्रमुख बल्जित बोहरा लगायतको उपस्थितिमा सहकार्य पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

उपाय सिटी कार्गोसँग आबद्ध पिक-उप ड्राइभर पार्टनरहरुलाई क्यूआर कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले सञ्चालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको बैंकले जनाएको छ ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्यूआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआई पेमेन्ट अप्सन लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीति अनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिंग सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ ।

हाल सीमित रुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिपेक्ष्यमा व्यापक रुपमा विस्तार भइरहेको छ ।

आफ्नो डिजिटल सामर्थ्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : ५४ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको