कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानीका लागि सहकार्य « Khabarhub

कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानीका लागि सहकार्य


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नगदमा आधारित कारोबार/भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ ।

बैंकको नक्साल परिसरमा बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणा, उपाय सिटी कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझी, एफआई सफ्ट इन्टरनेशनलका विश्वास ढकाल, यूके एड अन्तर्गत सीपका नेपाल प्रमुख बल्जित बोहरा लगायतको उपस्थितिमा सहकार्य पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

उपाय सिटी कार्गोसँग आबद्ध पिक-उप ड्राइभर पार्टनरहरुलाई क्यूआर कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले सञ्चालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको बैंकले जनाएको छ ।

यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्यूआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआई पेमेन्ट अप्सन लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीति अनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिंग सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ ।

हाल सीमित रुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिपेक्ष्यमा व्यापक रुपमा विस्तार भइरहेको छ ।

आफ्नो डिजिटल सामर्थ्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : ५४ बजे

युरोपेली सँघका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान

लन्डन– बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक

गलकोट– बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको

महेश बस्नेतको आरोप : एमालेको महाधिवेशन बिथोल्न कुलमानले नागढुंगाको सडक बन्द गरे

काठमाडौं– नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जा तथा भौतिक

बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

दशरथचन्द– बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया

एमालेको महाधिवेशनका लागि यसरी हुँदै छ यातायात व्यवस्थापन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि