पत्रकार महासङ्घ सोलुखुम्बुले ‘आपत्कालीन राहतकोष’ स्थापना गर्ने « Khabarhub

पत्रकार महासङ्घ सोलुखुम्बुले ‘आपत्कालीन राहतकोष’ स्थापना गर्ने


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाले ‘पत्रकार आपत्कालीन राहतकोष’ स्थापना गर्ने भएको छ ।

आइतबार बसेको महासङ्घको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष नूतन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विभिन्न समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुने राहतकोष सञ्चालनका लागि निर्माण गरिएको कार्यविधिसमेत सोही बैठकले अनुमोदन गरेको छ ।

पत्रकार महासङ्घको साधारण सदस्य रहेकालाई उक्त कार्यविधिले समेट्ने बताइएको छ ।

पत्रकार महासङ्घको सदस्य भई कुनै पनि सञ्चारगृहमा काम गर्ने सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भई अस्पताल लैजानुपरेको अवस्थामा सहयोग गर्नसकिने कार्यविधिमा उल्लेख छ ।

यस्तै अङ्गभङ्ग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण मृत्यु भएमा, पत्रकारको परिवार बिरामी भएमा र कुनै आगलागी तथा प्राकृतिक प्रकोपमा परेको अवस्थामा पत्रकारलाई आवश्यक सामग्री खरिद गर्नुपरेमा पनि उक्त कोषबाट सहयोग रकम उपलब्ध गराउन सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अहिले महासङ्घको नाममा बैंकमा भएको एक लाख ११ हजार १११ उक्त कोषमा जम्मा गरिने बताइएको छ । पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउनका लागि उक्त कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सहयोगका लागि आह्वानसमेत गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यस्तै जिल्ला शाखाको हालसम्म भवन तथा जग्गासमेत नभएकाले अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको सचिव दिलबहादुर राईले जानकारी दिए ।

यस्तै पत्रकार महासङ्घको निर्वाचनका बेला मात्रै पत्रकारको खोजी गर्ने र गैरपत्रकारसमेत सदस्य रहन सक्ने भएकाले विवरणसमेत अद्यावधिक गर्ने निर्णय गरिएको छ ।

पत्रकारितालाई व्यावसायिक बनाउँदै पत्रकारको क्षमता वृद्धिका लागि स्थानीय सरकारसहित अन्य दातृ निकायसँग समन्वय गरिने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ६ : ४० बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद