राइजिङ स्टार्स क्रिकेट : भारत ‘ए’ विरुद्ध यूएईका हरप्रित सिंहले बनाए शतक « Khabarhub

राइजिङ स्टार्स क्रिकेट : भारत ‘ए’ विरुद्ध यूएईका हरप्रित सिंहले बनाए शतक


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा यूएईका हरप्रित सिंहले भारत ‘ए’ विरुद्ध सानदार शतक प्रहार गरेका छन् ।

दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ थालेको यूएईका लागि तेस्रो नम्बरमा क्रिजमा आएका हरप्रितले अविजित १०२ रन बनाएका हुन् । ४० ओभरको खेल सकिँदासम्म उनले १२१ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरेका छन् ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएर दबाबमा परेको यूएईको इनिङ्सलाई हरप्रितले सम्हालेका हुन् । उनले तेस्रो विकेटका लागि मुहम्मद सहदाद (२८ रन) सँग ७१ र चौथो विकेटका लागि इथान डिसुजा (२५ रन) सँग ६० रनको महत्त्वपूर्ण साझेदारी गरे ।

४० ओभरको समाप्तिमा यूएई ५ विकेटको क्षतिमा १८२ रन बनाएर खेलिरहेको छ । हरप्रितलाई कप्तान बासिल हमिद (९ रन) ले क्रिजमा साथ दिइरहेका छन् ।

भारत ‘ए’ का लागि अर्सद खानले २ तथा हर्षित राना, हर्ष दुबे र साहबाज अहमदले १–१ विकेट लिएका छन् ।

भारत दुई खेलमा एकमा जित र एकमा हारको सामना गर्दै २ अंकका साथ तालिकाको दाेस्रो स्थानमा छ । यूएई भने जितबिहीन छ । यही समूहको शीर्ष स्थानमा रहेको पाकिस्तान र नेपाल केही बेरमा भिड्दै छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  २ : ५६ बजे

नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारमा उद्योगमन्त्री साहको जोड

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले नेपाल र

राइजिङ स्टार्स क्रिकेट : भारत ‘ए’ विरुद्ध यूएईका हरप्रित सिंहले बनाए शतक

काठमाडाैँ – कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल

काठमाडाैँ – नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय

‘जलाकी’ र ‘हिमालयन गोल्ड’ लाई दर्शकको खडेरी

काठमाडौं– नेपाली फिल्मको घरेलु बक्स अफिसमा अहिले रोचक अन्तर देखिएको

वैज्ञानिकहरूले पत्ता लगाए अहिलेसम्मकै टाढाको क्वासर

एजेन्सी– वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड