लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन आज, पाण्डे र खड्का प्रतिस्पर्धामा « Khabarhub

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन आज, पाण्डे र खड्का प्रतिस्पर्धामा


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीका बीच लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार  छन् ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचन बिहान ९ बजे शुरू हुनेछ । कोरोना पोजेटिभ भए पनि मतदातालाई उपनिर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

उपनिर्वाचनमा कोरोना पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ ।

निर्वाचनमा मतदान गर्नेहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट पेस गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

निर्वाचनमा ३ सय मतदाता छन् । जसमा प्रदेश सांसदको संख्या ८३  छन् भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।

उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो ।

यो उपनिर्वाचनमा प्रदेशसभामा कुल ८७ सांसद रहे पनि कारवाहीमा परेका थप चार जना सांसद भने मतदानबाट वञ्चित हुने भएका छन्।

माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारवाहीमा परी पदमुक्त  हुँदा मतदान गर्न पाउने छैनन्। त्यस्तै दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन् ।

यो निर्वाचनमा एकजना प्रदेशसभा सदस्यको मतभार ४८ छ । ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २१७ मतदाता छन् ।

उनीहरुको कूल मतभार ३ हजार ९ सय ६ छ । प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : ४६ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा