संक्रमण बढेपछि मलेसियामा मंगलबारदेखि १४ दिनसम्म लकडाउन « Khabarhub

संक्रमण बढेपछि मलेसियामा मंगलबारदेखि १४ दिनसम्म लकडाउन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यमध्येको एक  मलेसियामा सोमबार अर्थात् जुन १ तारिखदेखि १४ दिनसम्म लकडाउन घोषणा गरिएको छ ।

कोरोना संक्रमणको दोश्रो लहरले विश्वनै आक्रान्त पारिरहँदा मलेसियामा  संक्रमण बढेपछि पूर्ण लकडाउनको निर्णय भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जुन १ देखि १४ सम्म मलेसिया सरकारले अत्यावश्यक बाहेक सबै प्रकारका आर्थिक र सामाजिक गतिविधिमा रोक लगाउने निर्णय गरेको छ ।

खाद्यान्न, स्वास्थ्य क्षेत्र, पानी, बिजुली, सुरक्षा, इन्धन आयात निर्यात, बैङ्क तथा वित्तीय संस्था लगायतका १७ वटा अत्यावश्यक क्षेत्र बाहेक अन्य क्षेत्र सञ्चालन नहुने द स्टार पत्रिकाले जनाएको छ ।

त्यहाँ कार्यरत नेपालीसहित अन्य श्रमिकहरूलाई काममा आवतजावत गर्नका लागि यसअघि जारी गरिएका सबै पासहरू पनि रद्द गरिएको जनाइएको छ । कामको क्षेत्र अनुसार सम्बन्धित निकायले फेरि पास जारी गर्ने जनाएको छ ।

दुई हप्तापछि संक्रमणको अवस्था हेरेर केही खुकुलो पार्दै लैजाने जनाइएको छ । लकडाउन अवधिभर बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन त्यहाँस्थित नेपाली दूतावासले सबैमा नेपाली समुदायलाई अनुरोध गरेको छ ।

मलेसियमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख ६५ हजार ५३३ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ४ लाख ८४ हजार ७८७ पुगेको छ भने अहिलेसम्म संक्रमणबाट २ हजार ९२७ जनाको मृत्यु भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केही दिनअघि एक कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कोरोना संक्रमण (कोभिड -१९) का कारण मलेसियामा ९ जना नेपालीको मृत्यु भएको बताएका थिए । मलेसियामा विभिन्न क्षेत्रमा गरी करिव ४ लाख नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १२ : ०१ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ