भारतसँगको सीमा नाका जुन १४ सम्म बन्द गर्ने बंगलादेशको निर्णय | Khabarhub Khabarhub

भारतसँगको सीमा नाका जुन १४ सम्म बन्द गर्ने बंगलादेशको निर्णय


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका(एएनआई)- बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म पुर्‍याउने निर्णय गरेको छ ।

भारतमा कोभिड–१९ बृद्धि भएपछि बङ्गलादेशले सीमा नाका अप्रिल २६ देखि बन्द गरेको थियो । उसले सीमा क्षेत्रमा यात्रा प्रतिबन्धको अन्तिम मिति मे ३१ सम्मका लागि जारी गरेको थियो ।

बङ्गलादेशको परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले भारतसँगको सीमा बन्द गर्ने निर्णयलाई बिस्तार गर्ने भएको बताइएको छ ।

सरकारले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमा विन्दुमार्फत् हुने दुई थप स्थलमार्गलाई पनि यात्रा बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बन्द गरिएका सीमा बजारहरूमा चोदङ्गाको दर्शना र चपेनावाबगंजको सोना मस्जिद रहेका छन् ।

सरकारको निर्णय अनुसार दर्शन पोर्ट एक हप्ताको र सोना मस्जिद दुई हप्ताका लागि बन्द रहनेछन् । यद्यपि ती नाकाबाट सामान ओसारपसारका लागि भने कुनै अवरोध हुने छैन ।

नाका क्षेत्रमा सङ्क्रमण दर अझै नियन्त्रणउन्मुख नरहेको भन्दै अतिआवश्यक बाहेकका काममा सीमानामार्फत् यात्रुलाई आवत्जावत् गराउन निषेध गरिएको हो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ११ : १५ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि