लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचन : मतपरिणाम भर्चुअल माध्यमबाट आजै सार्वजनिक हुने « Khabarhub

लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचन : मतपरिणाम भर्चुअल माध्यमबाट आजै सार्वजनिक हुने


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट आजै सार्वजनिक गरिने भएको छ ।

कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

समाचार तयार पार्दासम्मको पछिल्लो जानकारी अनुसार २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका भने सबै ८३ सदस्यले मतदान गरेका छन् । मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको छ । उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दीर्घनारायण पाण्डेय उम्मेदवार बनेका छन् ।

उपनिर्वाचनको मतगणना सोमबार साढे ३ बजेपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ ।

प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । बिहान ९ बजेदेखि मतदान शुरु भएको हो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : ४५ बजे

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट

‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु, शनिबार सवारी प्रवेश निषेध

काठमाडौं– काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत