बजेटबारे कांग्रेसको टिप्पणी : जनमत प्रभावित पार्ने सरकारी दुराशय | Khabarhub Khabarhub

बजेटबारे कांग्रेसको टिप्पणी : जनमत प्रभावित पार्ने सरकारी दुराशय

जनतामा कुनै आशा जागृत गर्न सकेन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६.५ प्रतिशत हुने कुनै आधार नभएको जनाएको छ । बजेटबारे सोमबार पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बजेटले दीर्घकालीन दायित्व र अतिरिक्त, ऋणभार सिर्जना गरेको भन्दै अर्थतन्त्रको विस्तार पनि ६.५ प्रतिशत हुने सम्भव नदेखिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता एवं छाया सरकारका अर्थमन्त्री मीनेन्द्र रिजालले जनताको आँखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने सरकारी मनोकांक्षाबाट सरकार ग्रसित छ भन्ने ठोस प्रमाण बजेट वक्तव्यले प्रस्तुत गरेको बताए ।

उनल खोप लगाउने, कोभिड संक्रमण फैलिन नदिने, संक्रमितलाई उपचार गरेर जोगाउने सरकारी जिम्मेवारी बजेट किताबमा रकम छुट्याएर मात्र पूरा नहुने धारणा राखे । नेता रिजालले बजेटमा समावेश गरिएको योजना कार्यान्वयन गर्ने क्षमता नरहेको र भ्रमको खेती गरी जनमत प्रभावित गर्ने भन्ने सरकारी दुराशय बजेट वक्तव्यमा प्रष्ट रहेको जिकिर गरे । उनले बजेटले जनतामा कुनै आशा जागृत गर्न नसक्ने पनि टिप्पणी गरे ।

‘जनमत प्रभावित गर्ने सरकारी दुराशय बजेट वक्तव्यमा देखिन्छ,’ रिजालले भने, कर्णप्रिय नाराको आवरण दिएर देशको ऋण मात्रै बढाउने काम भएको छ । बजेटका योजना कार्यान्वयन हुन सक्दैनन् ।’

त्यस्तै नेता रिजालले प्रधानमन्त्री, अर्थमन्त्री र पहुँचवाला सरकारी नेताहरूको निर्वाचन क्षेत्रमा अन्यायपूर्ण अत्याधिकरुपमा बजेट विनियोजन भएको सुन्दा आहतमा परेका नागरिकको विवेकमा अपमान भएको बताए ।

जनतामा बजेटको लोकप्रियता बढेकाले विपक्षीले सरकारको विरोध गरेको सत्तापक्षका नेताहरुले बताइँरहदा कांग्रेसले यो सरकारको जनमत बढ्दै छ भनेर कसैलाई पनि भ्रम नभएको स्पष्ट गरेको छ ।

‘यो सरकारको जनमत बढ्दै छ भनेर कसैलाई पनि भ्रम छैन । यो सरकार आफ्नो अलोकप्रियताको सबैभन्दा गहिरो विन्दुमा पुगेको छ । त्यसैले बजेटमार्फत यो सरकार लोकप्रिय होला कि भन्ने हामीलाई चिन्ता छैन ।’ सांसद रिजालले भने, ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता दुःखमा छन् । कोरोनाको कहरमा छौँ । अर्थतन्त्र बिग्रने खतरा छ । राजनीतिप्रतिको निराशा छ ।’

उनले जनता सुरुङको अन्धकारमा धकेलिएको तर सरकारले देशमा सुरुङ युग शुरू भएको गफ दिएको टिप्पणी गरे । उनले भने, ‘जनता सुरुङको अन्धकारमा धकेलिएका छन् । तर सरकार देशमा सुरुङको युग शुरू भयो भन्छ ।’

सरकारले वर्तमान समस्या समाधानमा ध्यान दिने भन्दा पनि पाँच वर्ष–दश वर्षपछिको कुरा गरेर जनतालाई भ्रममा पार्ने काम गरेको उनले आरोप लगाए ।

नेता रिजालले संसद पुनःस्थापना हुने कुरामा कुनै पनि शंका नरहेको पनि स्पष्ट पारे । ‘अहिले पनि विश्वास छ । सर्वोच्चले संविधान, न्याय र जनताको पक्षमा फैसला गर्छ भन्ने पूर्ण विश्वास छ । सर्वोच्चले गर्ने निर्णयपछि देशले मुक्ति पाउँछ ।’ उनले थपे, ‘लामो समयदेखि गफ हाक्ने, डिङ हाक्ने र अहंकारी सरकारबाट मुक्ति प्राप्त हुन्छ ।’

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ३ : ४६ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न