संवैधानिक इजलासमा विवाद : दुई न्यायाधीशद्वारा हट्न अस्वीकार, आज आदेश आएन « Khabarhub

संवैधानिक इजलासमा विवाद : दुई न्यायाधीशद्वारा हट्न अस्वीकार, आज आदेश आएन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनसम्बन्धी मुद्दाहरूको सुनुवाइका लागि गठित संवैधानिक इजलासबारे विपक्षी कानून व्यवसायीहरूबाट गम्भीर प्रश्न उठेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू छलफलमा जुटेपनि आज कुनै आदेश जारी भएन ।

संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने भन्ने विपक्षी कानून व्यवसायीहरुको दबाबपछि भएको बहसमाथि आन्तरिक छलफल भएको हो । तर इजलासमै एक मत नभएपछि आज कुनै आदेश जारी नभएको बुझिएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच बेग्ला-बेग्लै छलफल गरे पनि कुनै आदेश जारी नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सर्वोच्च अदालतबाट बाहिरिएका छन् । स्रोतका अनुसार भोलि संवैधानिक इजलासमै यसबारे आदेश सुनाइनेछ ।

विपक्षीले इजलासमा बस्न नमिल्ने भनेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू कुनै वकिलले भनेका भरमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ४ : ४२ बजे

सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको