खोप लगाएकाले पनि कतार प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने « Khabarhub

खोप लगाएकाले पनि कतार प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै यात्रा नीति परिवर्तन भएको छ ।

सोमबार अर्थात् २ अगष्टदेखि लागू हुने गरी कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकले कतार प्रवेश गरेपछि अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

कतारमा खोपको दुवै मात्रा लगाएका वा कतारमा कोभिड संक्रमण भई निको भएका यात्रुले कतार प्रवेश गरेपछि २ दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ । दोस्रो दिनको परीक्षणमा रिपोर्ट नेगेटिभ आएमा मात्र आफ्नो गन्तव्यमा जान पाइने जनाएको छ ।

कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका आबासीय भिसा (करारी आईडी) वाहक यात्रुहरूले कतार प्रवेश गरेपछि अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिन बस्नुपर्नेछ ।

दोहास्थित नेपाली दूतावासका अनुसार खोप नलगाएका पारिवारिक, पर्यटक वा बिजनेश भिसाका यात्रुहरूलाई कतारमा प्रवेश नदिइने जनाएको छ । थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

यसअघि कतारले जुलाई १२ तारिखबाट लागू हुने गरी मान्यता प्राप्त खोप लगाएका विदेशी नागरिक क्वारेन्टाइन बस्नु नपर्ने नियम ल्याएको थियो ।

कतार प्रवेश गर्न यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि-रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने Travel Permit प्रिन्ट गरी साथमा लिएर यात्रा गर्नु पर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : २५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई