पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. दाँतको औषधि

पन्ध्रौँ र सोह्रौँ शताब्दीतिर हल्याण्ड स्पेनमा दाँतको औषधिका रुपमा पिसाबलाई बढी मात्रामा प्रयोग गर्ने गरिन्थ्यो ।

२. ४७ जना

रसियाको क्रेमलिनमा ४७ जना जार (सम्राट) हरुका लास राखिएको या गाडिएको छ ।

३. सङ्गीत साधन

वैज्ञानिकहरुले भेटेका सबैभन्दा पुरानो सङ्गीतको साधन भनेको बाँसुरी हो । यो बाँसुरी चराको पखेटाको हाडबाट बनिएको थियो । यस्तो बाँसुरी चीनको प्राचीन चिहानमा भेटिएको थियो । यसलाई ९ हजार वर्ष पूरानो मानिन्छ । अचम्मको कुरा त के छ भने त्यस बाँसुरीलाई अहिले पनि मजाले बजाउन सकिन्छ ।

४. चराको प्रजाति

संसारभर जम्मा करिब ८,७०० प्रजातिका चरा छन् । यीमध्ये ३०० प्रजातिका चरा समुद्री चरा हुन् ।

५. चराको टाउको

चराहरुको टाउकोको आकार हेर्दा आँखाले ५०% भाग ओगटेको हुन्छ । मानिसहरुको टाउकाको आकार हेर्दा आँखाले ५% भाग मात्र ओगटेको हुन्छ । यदि चराको टाउको मानिसको जत्रो हुने हो भने उनीहरुका आँखा बेसबलको बल जत्रो हुने थियो ।

साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ४२ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज