माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली « Khabarhub

माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली

नेपाल देशद्रोही बनेको आरोप


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दक्षिणपन्थी मतियार बनेको आरोप लगाउँदै पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारेका छन् ।

शनिबार बसेको नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको स्पष्ट पारेका हुन् ।

अध्यक्ष ओलीले नेपालले निर्लज्ज गतिविधि गरिरहेको आरोप लगाए । उनले माधव नेपाललाई दक्षिणपन्थीको मतियार भएको आरोप लगाउँदै नेपाल बाहेकका नेतालाई आफू पार्टीमा स्वागत गर्न तयार भएको बताए । उनले भने, ‘अरु साथीहरु महसुस गरेर फर्कनहुन्छ भने हामी तयारै छौँ। आउनुस यो पार्टी हामी सबैले बनाएका हौँ गल्ती भइहाल्यो भने पनि क्षमा गरौँला ।’

उनले भने ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरेका छन् । उनले एमाले विश्वव्यापी रुपमा फैलिएको पनि बताए । अध्यक्ष ओलीले संसारका सबै कुनामा एमाले पुगेको दाबी गरे ।

ओलीले सम्बोधनका क्रममा भने, ‘संसारको जुन कुनामा नेपाली पुग्या छन्, त्यहाँ एमाले पुग्या छ । त्यसैले देशव्यापी रुपमा मात्रै होइन, विश्वव्यापी रुपमा एमाले पुग्या छ ।’

केही मान्छेले एमालेको विरोध गरे पनि केही नोक्सान नहुने उनको भनाइ थियो । उनले भने, ‘गाउँगाउँमा एमाले पुग्या छ, कुनाकुनामा एमाले पुग्या छ । जहाँ काम गर्ने मान्छे छन् त्यहाँ एमाले पुग्या छ । केही दर्जन मान्छेले भोपो बजाएर एमालेको विरोध गर्दैमा केही क्षति हुनेवाला छैन ।’

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  २ : ५० बजे

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल

अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको