ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९ वर्षीया लक्षणा राणासमेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ५० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
त्यसैगरी धनकुटाको चौबिसे गाउँपालिका-२ डाँडागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ३६ वर्षीय इमा मगरसमेत १२ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मुढेवासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार २ सय ५० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














प्रतिक्रिया