अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट « Khabarhub

अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको आयोवा राज्यमा १८ अर्ब अमेरिकी डलरको लागतमा देशकै ठूलो स्टिल प्लान्ट स्थापना गर्ने घोषणा गरेका छन्।

एस्सार समूहको सहायक कम्पनी मेसाबी मेटैलिक्समार्फत निर्माण हुने उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता एक करोड टन स्टिल हुने ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा बताएका छन्।

मेसाबी मेटैलिक्सका अध्यक्ष रेवन्त रुइयाले उक्त लगानीले अमेरिकाको पूर्वाधार क्षेत्रलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

उनका अनुसार रुइया परिवारले मिनेसोटामा तीन अर्ब डलर लगानी गरी नयाँ लौह अयस्क खानी परियोजनामा समेत काम गरिरहेको छ। उक्त खानी अमेरिकामा करिब ५० वर्षपछि सुरु हुन लागेको पहिलो नयाँ लौह अयस्क खानी हुने बताइएको छ।

एस्सार समूहका सहसंस्थापक रवि रुइयाले समूहले दशकौँदेखि स्टिल प्लान्ट, तेल प्रशोधन केन्द्र तथा ऊर्जा परियोजना निर्माण गर्दै आएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले प्रस्तावित स्टिल परियोजना ‘खानीदेखि उत्पादन केन्द्रसम्म’ पूर्ण रूपमा अमेरिकी आपूर्ति शृङ्खलामा आधारित हुने बताएका छन्।

उनका अनुसार प्लान्टमा प्रयोग हुने लौह अयस्क अमेरिकामै उत्खनन गरिनेछ र त्यसैबाट अमेरिकामै स्टिल उत्पादन गरिनेछ। यसबाट घरेलु उत्पादन तथा अमेरिकी विनिर्माण क्षेत्रलाई थप बल पुग्ने ट्रम्पको भनाइ छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ४६ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई