नक्कली परीक्षार्थी पक्राउ « Khabarhub

नक्कली परीक्षार्थी पक्राउ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

यही साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी हुन आएका दर्ता नं ४९१७१ का उम्मेदवार रोशन शाहीले अन्तरवार्ता दिने क्रममा शङ्कास्पद कुरा गरेको र लेख्न लगाउँदा लेख्नसमेत नजान्दा सोधपुछको गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

सो क्रममा उनीले रु एक लाख दिएर आफ्नै गाउँका लोबनलाई लेख्न लगाएर आफू पास भएको रहस्य खुलाएको उहाँले बताउनुभयो । नायब उपरीक्षक घर्तीका अनुसार पक्राउ परेको दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरीले ५१ क्युफिट अवैधको सिसौको काठसहित सुर्खेतबाट दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका– २ सुर्खेतका २६ वर्षीय तीर्थबहादुर सिञ्जाली मगर र सहचालक भगवतीमाई गाउँपालिका दैलेखका १८ वर्षीय गणेश अधिकारी छन् ।

वीरेन्द्रनगर नगरपालिका– २ सुर्खेत भुरेली सडक खण्डस्थित भे१त ५११५ नम्बरको ट्रयाक्टरमा ५१ फिट सिसौको काठ ओसारपसार गर्दै गरेका अवस्थामा पक्राउ गरी काठसहितको ट्रयाक्टर जिल्ला वन कार्यालय वीरेन्द्रनगरमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : ५९ बजे

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले