कांग्रेसका तीन नेताबीच भेटवार्ता, महाधिवेशन केन्द्रित छलफल | Khabarhub Khabarhub

कांग्रेसका तीन नेताबीच भेटवार्ता, महाधिवेशन केन्द्रित छलफल


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशन नजिकिँदै जाँदा सभापतिको दावेदार नेपाली कांग्रेसका तीन नेताबीच शनिबार पनि भेटवार्ता भएको छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमै पुगेर भेटवार्ता गरेका हुन् ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका छन् । उनीहरुबीचको कुराकानीबारे केही सार्वजनिक गरिएको छैन ।

सिंहका स्वकीय सचिव युपी लामिछानेले भने राष्ट्रिय राजनीति र महाधिवेशनका विषयमा तीन नेताबीच छलफल भएको बताएका छन् । उनीहरूबीच संवैधानिक बाध्यतालाई ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने र सबै नागरिकलाई खोपको सुनिश्चितताका लागि सरकारले ध्यान दिनु पर्नेलगायतका विषयमा छलफल भएको लामिछानेले जानकारी दिए ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

तीनै जना नेताहरू सभापतिको आकांक्षी भएपनि उनीहरूले भने मिलेर जाने बताउँदै आएका छन् । यसैक्रममा तीन जनामध्ये एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने यसअघिको भेटका क्रममा उनीहरुले बताएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ३५ बजे

तीन फिल्मको सुटिङ ढिला भएपछि रश्मिकाले मागिन् माफी

काठमाडौं – भारतीय नायिका रश्मिका मन्दना घाइते भएका कारण अहिले

काठमाडौं महानगरको ‘परम्परागत खाद्य मेला’

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना कार्यक्रम अन्तरगत

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो

देउवाको नक्कली विज्ञप्ति प्रचण्ड र सुरेन्द्र केसीको फेसबुक ग्रुपतिर, कांग्रेसको कडा आपत्ति

काठमाडौं- शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याएपछि सत्ता साझेदार

आजका समाचार : रवि फेरि हिरासततिर, संसद्‌ नबोलाई धमाधम अध्यादेश र सरकारलाई कुलमानको कडा चुनौती

संसद्‌ छलेर अध्यादेशको बाटोमा ओली प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष