कांग्रेसका तीन नेताबीच भेटवार्ता, महाधिवेशन केन्द्रित छलफल « Khabarhub

कांग्रेसका तीन नेताबीच भेटवार्ता, महाधिवेशन केन्द्रित छलफल


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशन नजिकिँदै जाँदा सभापतिको दावेदार नेपाली कांग्रेसका तीन नेताबीच शनिबार पनि भेटवार्ता भएको छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमै पुगेर भेटवार्ता गरेका हुन् ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका छन् । उनीहरुबीचको कुराकानीबारे केही सार्वजनिक गरिएको छैन ।

सिंहका स्वकीय सचिव युपी लामिछानेले भने राष्ट्रिय राजनीति र महाधिवेशनका विषयमा तीन नेताबीच छलफल भएको बताएका छन् । उनीहरूबीच संवैधानिक बाध्यतालाई ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने र सबै नागरिकलाई खोपको सुनिश्चितताका लागि सरकारले ध्यान दिनु पर्नेलगायतका विषयमा छलफल भएको लामिछानेले जानकारी दिए ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

तीनै जना नेताहरू सभापतिको आकांक्षी भएपनि उनीहरूले भने मिलेर जाने बताउँदै आएका छन् । यसैक्रममा तीन जनामध्ये एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने यसअघिको भेटका क्रममा उनीहरुले बताएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ३५ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको